हरियालीमा वन व्यवस्थापन सम्वन्धी एक दिने तालिम सम्पन्न - Pahilo Online

हरियालीमा वन व्यवस्थापन सम्वन्धी एक दिने तालिम सम्पन्न

writer

पथरी शनिश्चरे । पथरी शनिश्चरे–२ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहले वन व्यवस्थापन सम्वन्धी एक दिने तालिम सम्पन्न गरेको छ । बिहिबार आफ्नो अगुवा उपभोक्ताहरूलाई वन व्यवस्थापन सम्वन्धी थप जानकारी दिनका लागि तालिमको आयोजना गरिएको हो ।

सब डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिनले वन विकास सम्बन्धी बिरुवा उत्पादन, गोडमेल छटनी, कटनी, वन राम्रो हुन आवश्यक तत्वहरु, जैविक विविधता, जंगलबाट मानव समुदायमा हुने उपयोगिता लगायतको बारेमा तालिममा जानकारी दिएका थिए ।

हरियालीको कार्तिक २२ गते १५ औं साधारणसभाबाट नयाँ समिति चयन भएका छन् । साधारणसभाबाट आएका नयाँ पदाधिकारी सदस्यहरु, उपसमिति र टोल प्रमुखहरुलाई वन व्यवस्थापन सम्वन्धी तालिम दिइएको समितिका सचिव निर्मला चौहानले जनाए । तालिममा ५० जना अगुवा उपभोक्ताहरु सहभागी भएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes