पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ४ मा सुकुम्वासी समस्या समाधान सम्बन्धि सर्वदलीय बैठक बसेको छ । सुकुम्बासी समस्या समाधान कार्य कार्यन्वयनको चरणमा रहेकोले लगत संकलन र नापीकार्यमा समस्या नआओस् र आए कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भएको हो।
४० औ बर्षबाट रहेको समस्या भएकोले कार्यन्वयनको चरणमा सीमा विवाद, हक दावी, कागजी प्रमाणमा समस्या आउने भएकोले ती समस्या समाधानका लागि पूर्व तयारी कसरी गर्ने भन्ने बिषयमा समेत छलफल भएको छ । सुकुम्वासी समस्या समाधान समितीले मात्र ती सबै बिषयलाई हल गर्न नसक्ने भएकोले वडामा भएका राननितिक दल, नागरीक समाज, महिला समिती, ज्येष्ठ नागरीक समाज र सुरक्षा निकाय संग सहकार्यको लागि छलफल भएको हो ।
लगत संकलनको लागि कर्मचारी नियुक्ति भइसकेको र नापी प्राविधिक नियुक्ति बाँकी रहेकोले आजको मितिबाट १ हप्तामा लगत संकलन र नापी कार्य सुरु हुने वडा अध्यक्ष गोविन्द बहादुर भण्डारी जानकारी दिए । बैठकमा उपस्थित सबैले पक्षले यो यो कार्यको स्वागत गर्दै पूर्ण रुपमा साथ दिने बताएका थिए । समस्या समाधानका लागि केन्द्रिय पक्षबाट नै कार्य विधि बनाई काम भइरहेकोले अब साच्चै समाधान हुनेमा सबै विश्वस्त भएका छन् ।
वडा अध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको वैठकमा संविधान सभा सदस्य लाल बहादुर सुस्लिङ मगर, सुकुम्बासी समाधान अभियान्ता तथा समाजसेवी जहरमान् लिम्बू, नेकपा प्रतिनिधि, काग्रेसको प्रतिनिधिको, सुरक्षाकर्मी, नागरीक समाज, महिला समिती प्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो ।