मोरङको रंगेली नगरपालिका ७ मा रहेको मरिया खोलाको पुल निर्माणमा ठेकेदार कम्पनीले निर्माणमा ढिलासुस्ति गरेको छ । विभिन्न बहाना बनाउदै सम्पन्न गर्नुपर्ने समयमा मात्र निर्माण कार्य गरीरहेको छ । कम्पनीले सम्झौता भएको सात महिना पछि गत फागुनबाट मात्र सुरु निर्माण गरेको हो ।
पीहु एण्ड राज कन्सट्रक्शन प्रा.लि. सुनसरीले २०७७ भदौ ३० गते उक्त पुल तथा सडक निर्माण गर्ने ठेक्का सम्झौता गरिएको थियो । सडक र पुल २०७७ चैत्र ३० गतेसम्म निर्माणकार्य सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, निर्माण सामाग्री अभाव भएको देखाउँदै कम्पनिले जिम्मा लिइएको कामबाट पन्छिने गरेपछि स्थानीयले विरोध सुरु गरेका छन् ।
अनुगमन गर्ने फिल्ड ईन्जिनियर सुधिर झाका अनुसार कम्पनीलाई तीन पटकसम्म काम चाँडो सकाउन निर्देशनसहितको पछिटो काम सम्पन्न गर्ने तीन पटक सम्म पत्राचार गरिएको छ । यसरी समयमै काम नसक्ने उक्त कम्पनी लाई कानुनी दायरामा ल्याएर कार्वाही गर्ने जरुरी रहेको भन्दै स्थानीयले दवाब सुरु गरेका छन् । सडक निर्माण कार्यमा ढिलासुस्ति भएपछि स्थानीयले धुलोको सास्ती बेहोर्नु परेको राजेश आचार्यले बताए । बालबालिकाहरुलाई समेत रुघाखोकीले बारम्बार सताउने गरेको आचार्यको भनाई छ । प्रदेश सरकारको ९६ लाख ३३ हजार २ सय २६ रुपैयाँ बराबरको लागतमा सडक, कल्भट र ग्रावेल गर्ने ठेक्का निर्माण कम्पनिले लिइएको हो ।