इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन संचालन गरिने - Pahilo Online

इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन संचालन गरिने

writer

सुनसरी । इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन संचालन गरिने भएको छ । इटहरी उपमहानगर कार्यपालिकाको आकस्मिक वैठकले इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन संचालन गर्ने निर्णय गरेको हो । आइसोलेसन संचालनका लागि तयारी सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिए । शव ब्यवस्थापनका लागि गाढने संस्कार भएकाहरुका लागि इटहरी २ स्थित जंगलमा र जलाउने सस्कारभएकाहरुका लागि इटहरी ११ स्थित वुढिखोला भागलपूर पुल उत्तर पटिट स्थान तोकिएको छ ।

२५ जना सम्म मात्र सहभागि भएर स्वास्थ्यका सवै मापदण्डहरु पूरा गरि अन्तिम सस्कार गर्नुपर्ने छ । यसैबिच इटहरी उपमहानगर राजश्व प्रशासन शाखामा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएकाले पाँच दिनका लागि सो शाखावाट हुने सवै सेवा वन्द गरिएको छ । शाखा प्रमुख नविन भटटराईका अनुसार वैशाख १५ गते देखि पाँचदिन सम्म कोठा नम्वर ९ राजश्व प्रशासन शाखावाट हुने कर लगायतका सवै सेवा वन्द गरिएको हो । वडा कार्यालयहरु वाट हुने कर संकलन कार्य भने नियमिति हुने छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes