पथरी शनिश्चरे । कोरोना सतर्कता सम्बन्धी स्वास्थ्यको मापदण्ड अपनाएर मोरङको पथरी शनिश्चरे नगरमा १० दिने नाट्य कार्यशाला सञ्चालन गरिएको छ । वडा नम्बर १० स्थित भूटानी शरणार्थी शिविरमा सञ्चालित कार्यशालामा आज नगर उपपमुख यमुना विष्ट वास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, सूचना सम्पादक भूपेन्द्रराज तिम्सिनाले कार्यशालामा तयार नाटिकाको अवलोकन गर्दै शुभकामना व्यक्त गरे ।
नगरको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिमार्फत शब्द थिएटरको संयोजनमा बैशाख १९ सम्मका लागि नगरस्तरीय कार्यशाला सञ्चालनमा छ । कार्यशालामा गोपाल अर्याल र जीवन बरालले सहजिकरण गरिरहेका छन् ।