पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १ स्थित यलम्बर चोकमा किरात समुदायका प्रथम ऐतिहासिक राजा यलम्बरको सालिक निर्माण कार्यको शिलान्यास भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको १५ लाख ७२ हजार ९ सय २८ रुपैयाँ ४३ पैसा बराबरको बजेटमा निर्माण हुने सालिक निर्माणस्थलको १ नम्बर वडाध्यक्ष बाबुराम एङदेनले शिलान्यास गर्नू भएको हो । सालिकस्थलको जग राख्ने र पानीको फोहराको काम यो वर्ष हुने र अर्काे आर्थिक वर्षमा शालिकको काम अघि बढाउने योजना रहेको सालिक निर्माण समितिका सचिव खगेन पुलामीले जनाए ।