पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १ स्थित लबकुश इन्जिनियरिङ कन्सल्टेन्सीले नगरमा कोरोना संक्रमितको उपचारका लागि २१ हजार १ सय ५१ रुपैयाँ रकम सहयोग प्रदान गरेको छ । कन्सल्टेन्सीका सञ्चालक लब घिमिरे र कुश घिमिरेले नगर अस्पतालमा कोरोना संक्रमितको उपचारमा सञ्चालित आइसोलेसनमा आवश्यक सामग्री खरिदका लागि नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेललाई आज सो रकम हस्तान्तरण गरे ।