कानेपोखरी । नेपाल तामाङ घेदुङ कानेपोखरी गाउं ईकाईको साधारणसभाले टेकबहादुर गोम्देनलाई अध्यक्षमा चयन गरेको छ । आज शनिबार सम्पन्न अधिवेशनबाट टेकबहादुरको अध्यक्षतामा ११ सदस्यीय नयां कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा चिरञ्जिवी घिसिङ, सचिवमा रामकुमार घिसिङ, सह–सचिवमा मिश्रीमाया पाख्रिन र कोषाध्यक्षमा कमला योञ्जन चयनीत भएका छन् । यसैगरी, सदस्यहरुमा राजकुमार तामाङ, ताराकुमारी योञ्जनलगायत रहेका छन् ।
साधारणसभामा नेपाल तामाङ प्रदेश घेदुङ कोषाध्यक्ष जानुकला पाख्रिन र जिल्ला उपाध्यक्ष चन्द्रकुमार घिसिङको समेत उपस्थिति रहेको थियो ।