औंसीले बिजय उत्सव गरे झै मूहारको गगन
खै चहल पहल छैन उषा झै खुशीहरूको
हिउँद बर्खा खेपेको सगरमाथा समान
थकित र गलित विश्वासका बाँधहरू
आफन्तहरूको नासो अविश्वसको पहाड
खोज्दै खूशीको सिलो
भिमकाय खाडीमा
फाँड्दै जीवनको वनमारा
यो मृत सागरतिर निर्जन मानव बस्तिमा
मानव–मानव भन्दा उदण्ड
मपाइत्वको परिधि बाहिर
दिन बिर्सिएर रंगालिएका छन्
लिन उद्धत छन् बेहकको प्राण पखेरू
बिक्रीमा छन् सबैका जीवनहरू
पल प्रति पल
गोसखानाका राजघानी झै
होलसेलमा
हो म त्यही निर्दयी
मनहरूका भीडमा एक्लो छु,
पसिना खारेर दुःख भुट्दैछु
र चपाउँदै छु अभाबको अचारसित
संम्झदै छु हर्षको जन्तीहरू
मनासपटलका पानाहरूमा
गोधूली साँझमा एक्लै एक्लै
यो बिरानीमा,
थाहा छैन म किन बोकी रहेछु
सपनाको डोको बिसाउनी बिनाको
लम्पट बाटोमा हैरान हैरान बन्दै ।
सिस्नाका बूटा समातेर अनन्तको
यात्रामा अविराम यात्रारत पाहिलाहरू
तर सक्छु सक्दिन जीत्न
यो अविश्वासको जंगलमा
आँशुका सागरहरू तर्दै
महत्वकांक्षाका हिमालमा हिमनदीहरू
छिचोल्दै
हाँस्न खोज्दै छु दासी हाँसो
पराइ भएका आफन्तसंग
धर्म रक्षार्थ आत्मदाह गर्दै भिक्षु भएर ।।
पाडाजुँगी, कमल गा.पा., झापा