एमसीसी विरुद्ध पथरीमा विरोध प्रदर्शन, नेपाली छातीमा अमेरिकी बुट स्वीकार्य छैनः भण्डारी - Pahilo Online

एमसीसी विरुद्ध पथरीमा विरोध प्रदर्शन, नेपाली छातीमा अमेरिकी बुट स्वीकार्य छैनः भण्डारी

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे नगरमा नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आज (आइतबार) विरोध प्रदर्शन गरेको छ ।

पार्टी सम्बद्ध युवा संगठनले आयोजना गरेको प्रदर्शनमा राष्ट्रघाती एमसीसी–खरेज गर, देश बेच्न–पाइन्दैन, सम्पूर्ण राष्ट्रवादी नेपालीहरु–एक हौ, लगायतका नारा लगाउदै पथरी बजार परिक्रममा गरेका थिए । पूर्वपश्चिम मुख्य सडक स्थित जाँते मोडबाट सुरु भएको ¥याली लोकतान्त्रिक चोक, रत्न चोक, यलम्बर चोक, सुनाखरी चोक, बजारलाइनहुँदै पुनः मुख्य सडकको सोही स्थानमा आएर कोण सभामा परिणत भएका थिए ।


कार्यक्रममा नेकपा (एस)का १ नम्बर प्रदेश समिति सदस्य तथा मोरङ जिल्ला उपाध्यक्ष चण्डीप्रसाद राईले एमसीसी राष्ट्रघाती भएको बताए । राईले एमसीसीको कारण देश दुई ध्रुर्बमा विभाजित भएको उल्लेख गर्दै देश बचाउन सचेत नेपाली नागरिकहरुले सो परियोजना खारेज गर्न आन्दोलनमा लाग्नुपर्ने बताए ।

त्यसैगरी प्रदेश सदस्य टंक भण्डारीले एमसीसी मार्फत अमेरिकाले नेपालीको छातीमा बुट बजार्न खोजेको भन्दै नेकपा (एस) प्रतिरोधमा उत्रिने बताए । भण्डारीले एनसेलबाट ७२ अर्ब कर लिन चासो नगर्ने नेताहरु अमेरिकालाई ५५ अर्बमा नेपाली सार्वभौम बेच्न खोजेको आरोप लगाउदै आफूहरुले पुरा हुन नदिने बताए । उनले एमसीसी लगायतको राष्ट्रघाति योजनाको विरुद्धको आन्दोलनको नेतृत्व नेकपा (एस)ले गर्ने र राष्ट्रघात विरुद्ध तीन करोड नेपाली उत्रिनुपर्ने दिन आएको भण्डारीको भनाइ थियो । कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य बिकास राई, जोन सुब्बा लगायतले बोलेका थिए ।

विरोध प्रदर्शन कार्यक्रममा पथरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका पार्टी प्रदेश सदस्य दीपक बस्नेत, नगर अध्यक्ष तुलशी ढकाल लगायत करिव तीन सय नेता कार्यकर्ता सहभागि रहेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes