विपुल सुवेदी
विराटचोक। धेरैजसो सरकारी कार्यालयका आधिकारिक कागजातमा नेपाली भाषालाई शाब्दिक तथा वाक्यगत रूपमा धेरै अशुद्ध तवरमा प्रयोग गरिएको देखिन्छ । ‘भाषा भनेको त भाव बुझे भइहाल्यो नि’ भन्दै पन्छिन चाहनेको सङ्ख्या धेरै हुँदा नेपाली भाषा साँच्चै कुरूप बन्दै गइरहेको छ । विडम्बना, नेपालकै सरकारी कर्मचारीले अप्ठ्यारो नमानी भन्ने गर्छन् ‘मलाई नेपाली आउँदैन ।’ यसो भनिरहँदा सबैले भाषा नजान्लान् तर भाषिक प्रेमकै अवमूल्यन हुनु पीडादायी विषय हो । अब त कमसेकम कार्यालयमा नेपालीमा शुद्ध लेख्न सक्ने नेपाली भाषी कर्मचारी भएमा राम्रो हुन्थ्यो कि ? लेखनको अनुशासनमा ध्यान दिइएन भने एकातिर भाषिक अशुद्धिले अर्थको अनर्थ हुन्छ भने अर्कातिर लेखन पद्धतिमा एकरूपता आउन सक्दैन ।
सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रयोग हुने नेपाली भाषाको शुद्धाशुद्धिलाई लिएर समेत भाषाशास्त्रीहरु चिन्तित देखिएका छन् । सरकारी कार्यालयबाट जारी गरिने पत्र तथा विज्ञप्तिहरुको भाषा पनि झुर देखिने गरेको टिप्पणीहरु आइरहेकै छन् । यिनै कुराहरुलाई मध्यनजर गर्दै मोङ्को सुन्दरहरैँचा नगरपालिकाले कर्मचारीहरुलाई नेपाली भाषा शुद्ध प्रयोग गर्नेसम्बन्धी तीन दिवशिय प्रशिक्षण दिएको छ । नेपालमै यो प्रकारको कार्यक्रम आयोजना गर्ने पहिलो स्थानीय तह सुन्दरहरैँचा रहेको दाबी गरिएको छ ।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित कार्यक्रमको उद्वघाटन उपमेयर धनमाया तामाङ्, वडा नं। १० का वडाध्यक्ष राजेन्द्रबहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराइले संयुक्त रुपमा गर्नुभएको थियो । सुन्दरहरैँचा नगरपालिकाको आयोजना तथा घिन्ताङ् मिडिया प्रा।लि।को व्यवस्थापनमा सञ्चालित कार्यशाला निकै प्रभावकारी र उपयोगी भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।
नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई सहभागी गराएर वैशाख ५ देखि ७ गते ३ दिन सम्म पाँच–पाँच घण्टा कार्यशाला गरिएको थियो । कार्यशालामा त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रिय विभागका सहप्राध्यापक डा.कर्णाखर खतिवडा र सुकुना बहुमुखी क्याम्पस साथै महेन्द्र बहुमुखी क्याम्पस धरानका उप–प्राध्यापक दीपक न्यौपानेले शुद्ध र सरल भाषा शैलीमा नेपाली वर्णविन्यास र नेपाली भाषा शुद्व लेखनसम्बन्धी प्रशिक्षण दिनुभएको थियो । कार्यशालाको पहिलो दिन सहभागीहरुलाई नेपाली वर्णविन्यासको बारेमा जानकारी गराइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. १० का वडाध्यक्ष राजेन्द्रबहादुर थापाले सरकारी कर्मचारीमा भाषिक शुद्वताको कमीका कारण सरकारी पत्रहरुमा धेरै त्रृटि भेटिने हुँदा यस कार्यक्रमले धेरै मात्रामा मलम लगाउने बताउनुभयो ।
त्यस्तै आफूले तयार गरेको पत्र बारम्बार हेरेर प्रकाशित गर्दा मात्र त्रृटि हुने मौका न्यून हुने प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईको थियो । प्रायः जसो सबै सरकारी कार्याल तथा अन्य कार्यलयहरुमा पनि कर्मचारीमा भाषिक शुद्धताको ज्ञान नभएको कारण चिठीपत्र गलत टाइप गरेको कुरा सामाजिक सञ्जालमा हालेर गिज्याउने हुँदा यस कार्यक्रमले केही मात्रामा सहयोग पुग्ने उपमेयर धनमाया तामाङ्को धारणा थियो ।
सहभागीमध्येका कर्मचारी वडा नं ४ का वडा सचिव अनिल पोख्रेलले कार्यशालाबाट धेरै कुरा सिक्ने मौका पाएको बताउनुभयो । सिकाइलाई प्रयोगमा ल्याउने कोसिसमा आफू लाग्ने उहाँको भनाइ छ । साथै सबैले क्रियाशील भएर भाषिक शुद्धतालाई ध्यान दिन सके मात्र नेपाली भाषाको अस्तित्व रहने उहाँको भनाई थियो । कार्यशाला सिकाई राम्रो रहेको अनुभव सहभागी कर्मचारी रमिला चापागाई छ । यस्तो जानकारीमूलक कार्यक्रमका लागि जति भए पनि समय कम हुने उहाँको बुझाइ छ । प्रशिक्षक खतिवडाको प्रशिक्षण जत्तिकै बोलाइ पनि राम्रो भएकाले थप आकर्षण रहेको र सिकाउने कलामा पनि अब्बल भएकाले सिक्नेहरुलाई सहज र उपयोगी भएको सूचना अधिकारी तथा पशुपंक्षी शाखा प्रमुख जीवन चापागाईले बताउनुभयो । साथै सबै स्थानीय तहले यस्तो कार्यक्रम आयोजना गरे भाषिक शुद्धतामा सुधार आउने उहाँको धारणा थियो । त्यस्तै सहभागी कर्मचारी तीर्थकुमारी सुवेदीले कार्यशालामा भएको छलफलका क्रममा आफ्नो खुबी र कमजोरी दुबै पहिचान गर्न मद्दत पुगेको भन्दै अबका दिनमा सुधार ल्याउन सकिने बताउनुभयो ।
बसाई लामैजस्तो भए पनि समय बितेको पत्तै नपाएको अनुभव कर्मचारी पुष्कल गौतमले गर्नुभयो । विषयबस्तु र उपयोगी जानकारीका कारण समय निकै छोटो भएजस्तो लागेको उहाँको भनाई थियो । आगामी दिनमा यस्ता कार्यक्रम ल्याउँदा पुरै तिर्खा मेटिने गरि कार्यक्रम ल्याउन अर्का कर्मचारी बाशुदेव सुवेदीले आग्रह गर्नुभयो । आफूले धेरै उपयोगी कार्यशालामा सहभागिता जनाएको अनुभव गरेको सञ्चारकर्मी विपुल सुवेदी भनाई थियो । समय अलि कम भए पनि महत्वपूर्ण जानकारीहरु प्राप्त गर्न पाएकोमा प्रशिक्षक दुवैलाई धन्यवाद दिनुभयो । सरकारी कर्मचारीलाई मात्र नभई सञ्चार क्षेत्रमा पनि भाषिक शुद्धता उतिकै आवश्यक रहेको उहाँको तर्क थियो ।
त्यस्तै अर्का सञ्चारकर्मी तथा नझरेका फूलहरुका प्रस्तोता केपी घिमिरेले कार्यशालाका सहभागी सबैमा नेपाली भाषा शुद्ध लेखनप्रतिको आकर्षण, लगाब देखिएको र यो राम्रो पक्ष भएको बताउनुभयो । सहभागी सम्पूर्ण कर्मचारीहरुको भनाई थियो, ‘समग्र कार्यक्रम उपलब्धिमूलक लाग्यो’ तर समय अलिक कम भयो । सबै कर्मचारीले यस्तो उपलब्धीमूलक कार्यक्रम आयोजना गरेकोमा प्रमुख प्रशासकीय अधिकृत तथा घिन्ताङ् मिडिया प्रा.लि.का अध्यक्ष तथा बरिष्ठ श्रष्टा तुलसी पराजुलीको मुक्त कण्ठले प्रशंसा गरियो । साथै गायक पराजुलीले कार्यक्रममा गीत गाएर सुनाउन समेत भ्याउनुभयो । तुलसी पराजुली, नेपाली गीत संगीत, विषेशतः नेपाली लोक गीतको क्षेत्रमा सुपरिचित नाम हो । धनकुटाको डाडा बजारमा जन्मिएका पराजुलीको बाल्यकाल त्यहिको लोक परिवेशमै बित्यो ।
एस एल सी सम्मको अध्ययन त्यहि बाटै पुरा गरेपछि आइ ए अध्ययनको शिलशिलामा उहाँ धरान झर्नुभयो । त्यहि ताका उहाँलाई गीत रेकर्ड गराउने अवसर जु¥यो । “नरोई बस है मेरी आमा, म गएं मुग्लान, नमरी बाचे फर्केर आउला, दशैको टिकामा”, २०५१ सालमा धरानमा रेकर्ड गरिएको यहि गीत नै उहाँको पहिलो गीत थियो । त्यस पछि भने उहाँलाई गीत गाउने मोहले तानिरहयो । अध्ययन र गायनलाई एकैसाथमा अघि बढाउने सोच सहित २०५२ सालमा उहाँ काठमाण्डौ जानुभयो । विषेशतः २०५७ सालमा बजारमा आएको खोटाङ् जिल्ला दिक्तेल बजार बोलको गितबाट नेपाली लोक गीतको क्षेत्रमा नोट हुनुभएका पराजुलीको कान्छीको छाता ढल्काइदेउ यता, सालै ज्यू, पाटनैको पातलो चिउरा, आकाशैको कालो बादल, लेकैमा चौरी तगायतका गीतहरु सुपरहिट छन् ।