लेटाङ्गमा छात्रवृत्ति वितरण कार्यक्रम शुभारम्भ - Pahilo Online

लेटाङ्गमा छात्रवृत्ति वितरण कार्यक्रम शुभारम्भ

writer

डम्बरबहादुर विश्वकर्मा

लेटाङ्ग– लेटाङ्ग नगरपालिकामा आमाबाबु विहिन बालबालिकालाई निशुल्क शिक्षा एवं छात्रवृत्ति वितरण कार्यक्रम शुभारम्भ भएको छ ।         नवनिर्वाचित नगर प्रमुख भुपेन्द्र कुमार लावतीले आफ्नो पदभार ग्रहण गर्ने क्रममा गरेको प्रतिबद्धता बमोजिम उक्त कार्यक्रम प्रारम्भ गरिएको हो ।

उक्त कार्यक्रम आमाबाबु नभएकै कारण नगर भित्रका कुनै पनि बालबालिका शिक्षा लिनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आयोजना गरिएको नगर शिक्षा शाखा प्रमुख उपसचिव कृष्णराज राईले वताउनु भएको छ । उहाँका अनुसार यस्तो छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा एक देखि १२ सम्मका आमाबाबु विहिन छात्रछात्राहरुलाई वितरण गरिने छ ।

कार्यक्रमको यहि चैत्र दुई गते लेटाङ्ग सातको वडाकार्यलयमा एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको छ । उक्त अवसरमाआमाबाबु विहिन स्थानिय महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत तिनजना विद्यार्थीहरुलाई छात्रवृत्ति रकम , लत्ताकपडा र विमाकार्ड वितरण गरी कार्यक्रमको शुभारम्भ गरिएको हो । छात्रवृत्ति अन्तरगत प्रति विद्यार्थी वार्षिक खर्च वापत १८ हजार नगद , खाजा खर्च वापत तिन हजार ५ सय , संरक्षक सहितको पारिवारिक स्वास्थ्य विमा र लत्ताकपडा (शिरक , डसना , सिरानी , दरी , तन्ना र सिरकको खोल ) वितरण गरिएको छ । यो कार्यक्रममार्फत अब देखि नगरभरीका आमाबाबु विहिन बालबालिकालाई वार्षिक रुपमा नै यस्तो छात्रवृत्ति वितरण गरिने  नगर प्रमुख लावतीले वताउनु भएको छ । उहाँका अनुसार लत्ताकपडा भने आवस्यकता अनुरुप वितरण गरिने छ ।

उक्त छात्रवृत्ति लेटाङ्ग सात तल्लो फेदाप्जुङ्ग निवासी हुकुम लिम्बूका भाइ खिप्सु , बहिनी खोसु र नाम्साङ्ग लिम्बूलाई प्रदान गरिएको छ । उनिहरु स्थानीय महेन्द्र मा. वि. मा क्रमश: कक्षा आठ , दश र छ मा अध्ययनरत विद्यार्थीहरु हुन् । हुकुम लिम्बू उनिहरुका एक मात्र अविभावक हुन् भने उनिहरुका  आमाबुवा क्ष्यरोगका कारण आज भन्दा आठ- दश वर्ष अघिनै वितिसकेकाछन् । हुकुमले कक्षा १२ यस अघिनै उतिर्ण गरिसकेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes