लेटाङ्ग- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र आवद्ध संगठन दलित मुक्तिमोर्चा लेटाङ्गको नगरभेला सम्पन्न भएको छ ।
यहि चैत्र चार गते शनिवार नरेश पथिकको अध्यक्षतामा १५ सदस्यीय नगरकमिटी गठन गर्दै उक्त नगरभेला सम्पन्न भएको हो ।
नगरभेलाबाट गठित कमिटीका अन्य पदाधिकारी मध्ये उपाध्यक्ष द्वयमा टंक परियार र तिलकुमारी नेपाली , सचिवमा ठगिन्द्र मंग्राती , सह-चिवमा मनकुमार नेपाली र कोषाध्यक्षमा करिना नेपाली रहेका छन् ।
यसैगरी कमिटीका सदस्यहरुमा क्रमश: रिता विश्वकर्मा , केदार शंकर, कञ्चन नेपाली , एञ्जिला नेपाली , पदम शिवा , मानबहादुर विश्कर्मा , फुलमाया विश्वकर्मा र पुजा नेपाली रहेको मोर्चाका प्रदेश सदस्य गोपाल नेपालीले वताउनु भएको छ।
उहाँका अनुसार उक्त भेलाले तिन सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिका सदस्यहरुमा वसन्त सिन्चिउरी , डम्बरबहादुर विश्वकर्मा र खड्क विश्वकर्मा रहेका छन् । नगर पार्टी कार्यलय विपि चौकमा सम्पन्न उक्त भेलाको प्रमुख अतिथि नगर पार्टी ईन्चार्ज कृष्ण लम्साल( अनन्त ) हुनुन्थ्यो । भेला मोर्चाका निवर्तमान नगरअध्यक्ष वसन्त सिन्चिउरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।