प्रदेशमै पहिलो पटक पथरीशनिश्चरेमा बाल साहित्य महोत्सव - Pahilo Online

प्रदेशमै पहिलो पटक पथरीशनिश्चरेमा बाल साहित्य महोत्सव

writer

सन्तोष राई


पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कला साहित्यमा रुचि राख्ने मानिसहरुको बाहुल्यता बढी छ । त्यसैले त कला साहित्य प्रबद्र्धन समितिको आयोजनामा बाल साहित्य महोत्सव २०८० को आयोजना हुँदैछ ।

आज पथरीशनिश्चरे–२ मा स्थापित होटल साल्पामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले यही वैशाख २४ गतेदेखि ३० गतेसम्म महोत्सव लाग्ने जानकारी दिएको छ ।

महोत्सव पथरीशनिश्चरे–१ मा स्थापित पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजना हुनेछ । नगरपालिकाको मुख्य सहयोगमा सो महोत्सव आयोजना हुने कला साहित्य प्रवद्र्धन समितिका अध्यक्ष अमिर राई ९धनराज०ले जानकारी दिनुभयो ।

सो महोत्सवमा नियमित नाटक प्रदर्शन, चित्रकला कार्यशाला, साहित्य लेखन कार्यशाला, मूर्तिकला कार्यशाला, हस्त लेखन कार्यशाला, वाककला कार्यशाला, पुस्तक प्रदर्शनी, खाद्य स्टलहरू, विज्ञान प्रदर्शनी, लोकवाजा प्रदर्शनी, भेषभुषा प्रदर्शनी, स्वास्थ्य शिविर, चेस लगायत खेलकुद गतिविधि तथा विभिन्न स्टलहरु रहने बताइएको छ । बाल साहित्य महोत्सवमा प्रवेश निःशुल्क रहनेछ ।

झाकी सहितको उद्घाटन कार्यक्रम नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा हुनेछ भने उद्घाटन समारोहमा पथरीशनिश्चरेमा रहेर कला साहित्यमा योगदान पु¥याउनुहुने प्राज्ञ सरोजा खड्कीलाई नगद २५ हजार सहित सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवको अन्तिम दिन कार्यशालामा सहभागीहरुका उत्कृष्ट कलाहरुको प्रर्दशनी पनि गरिनेछ ।

समितिका सचिव सरोज तिम्सिनाले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलनमा अध्यक्ष अमिर राई र रंगकर्मी एवं नाटक कार्यशालाका संयोजक जीवन बरालले महोत्सवका बारेमा प्रष्ट्याउनुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes