पञ्चायत माविमा परिचयात्मक कार्यक्रम - Pahilo Online

पञ्चायत माविमा परिचयात्मक कार्यक्रम

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १, बुद्धचौकस्थित प्रदेशकै नमुना विद्यालय मानिएको श्री पञ्चायत माविको सभाहलमा आज भदौ २ गते शनिबार मध्यान्हपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय सल्लाहकार समिति, विज्ञ परामर्शदाता, आमा समूह, प्रविधिमैत्री सिकाइ सहजीकरण समिति, पूर्व विद्यार्थी समाज र शिक्षक कर्मचारीमाझ अन्तरक्रियामा आधारित परिचयात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

विद्यालयको शैक्षिक गतिविधिलाई थप सुदउढ र प्रभावकारी कसरी बनाउन सकिन्छ ? आन्तरिक प्रशासन व्यवस्थापन कसरी अझ चुस्त पार्न सकिन्छ ? जस्ता आधारभूत विषयोपर सरोकारवालाको रायसुझाव लिने उद्देश्यका साथ आयोजित कार्यक्रम विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

नगर शिक्षा शाखाको स्वीकृतिमा जारी विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारको वैधानिक व्यवस्थाबारे प्रधानाध्यापक बुढाथोकीले राख्नुभएको विश्लेषण सहितको प्रस्तुतिकरणपछि विव्यसको तर्फबाट आजको आवश्यकतानुसार नमुना विद्यालय व्यवस्थापन सुधारका लागि तयार पारिएको विषयगत अवधारणा अध्यक्ष युवराज बास्कोटाले प्रस्तुत गर्नुभएको थियो । विद्यालयको विद्यमान अवस्था र लैंगिकमैत्री वातावरणमा थप सुधारसम्बन्धी विव्यस सदस्य गोमा दाहाल निरौलाले अवधारणा राख्नुभए लगत्तै सहभागी सबैमाझ सघन ढंगले अन्तरक्रिया आरम्भ भएको थियो ।

समुदायमा आत्मगौरव बढाउँदै फस्टाएको श्री पञ्चायत माविलाई कसरी शिक्षाको केन्द्र बनाउन सकिन्छ ? संस्कारसहितको शिक्षा–शिक्षण सिकाइको स्रोतकेन्द्र बनाउन सकिन्छ ? यहाँबाट उत्तीर्ण विद्यार्थी जीवन निर्माण र व्यवस्थापनको क्षेत्रमा कसरी ढुक्क हुन सक्छन् ? जस्ता विषयमा केन्द्रीत रहँदै कार्यक्रममार्फत दर्जनौँ सहभागीहरूले निकै गौरवपूर्ण उत्साहका साथ गहकिला रायसुझावहरू राख्नुभएको थियो ।

कार्यक्रममा पूर्वप्रधानाध्यापक माननीय चण्डीप्रसाद राई, वडाध्यक्ष भीमकुमार राई, विव्यस पूर्वअध्यक्ष देवराज भण्डारी र आइताकुमारी राई तुम्बापो, पूर्वसदस्य गणेश खड्का, विज्ञ परामर्शदाता सदस्य पर्शुराम मिश्र, शिक्षक अभिभावक संघ अध्यक्ष मानप्रसाद लिम्बू, विव्यस सदस्य आइबी राई, गोमा दाहाल निरौला, शारदा बस्नेत, प्रमिशा धिमाल, जानुका श्रेष्ठ, दिलिप खवास, सल्लाहकार समिति सदस्य कृष्णप्रसाद तिम्सिना, खगेन्द्र नेपाल, फनिन्द्र कार्की, आमा समूह अध्यक्ष सहित सदस्यहरू, पूर्व विद्यार्थी समाज अध्यक्ष भीमकुमार राई, शरदचन्द्र दाहाल, सुरेन्द्र तिम्सिना, दिनेश पौडेल टिकेन्द्र, प्रविधिमैत्री सिकाइ सहजीकरण समिति सदस्यहरू, सहायक प्रधानाध्यापक मोहन शर्मा र विभिन्न विषयगत शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो ।

पत्रकार गोपाल काफ्ले, समुदायको तर्फबाट अगुवा उपस्थित अभिभावक र शिक्षकको प्रतिनिधित्व गर्दै राजु तिम्सिना, दिलिप खवास, गणेश विष्ट, पिताम्बर नेपाल, केशव निरौला, सरोज अधिकारी, सुरेन्द्र न्यौपाने, सिर्जना राईलगायतले दैनन्दिन विद्यालय व्यवस्थापनतर्फ ध्यानाकर्षण सहित आफ्ना राय राख्नुभएको थियो ।

सामुदायिक विद्यालय– समुदाय, शिक्षक र प्रशासन व्यवस्थापनको सहकार्य हो । एउटा समुन्नत विद्यालय निर्माणको वृत्तचित्रअन्तर्गत गुणस्तरीय शिक्षा र सिकाइविधि महत्त्वपूर्ण रहेको एउटा गम्भीर प्रश्नभित्र उभिएर यसको जस्ताकोतस्तै निरुपणका लागि तत्पर विव्यसले आयोजना गरेको यो प्रकृतिको कार्यक्रमले नयाँपन, नयाँमन र नयाँतरंग दिएको शुभेच्छा राख्ने क्रममा अधिकांश वक्ताहरूले सदृश्य प्रष्ट पार्नुभयो ।

यस्तो कार्यक्रममार्फत सरोकारवाला जसकसैले पनि विल्कुलै बेखबर रहेको शैलीमा प्रस्टोक्ति दिनु, आफ्नो सक्रियता नदेखाउनु र सहभागिता नजनाउनु भनेको स्वयंमा सामुदायिक विद्यालयप्रति जवाफदेहिताको अभाव र उदासिनताबाहेक केही हुन नसक्ने वक्ताहरूको तर्क थियो । प्रस्तुत अवधारणपत्रले एउटा निष्कर्ष निकालेको र यसले थप उत्साह बढाएकोप्रति गर्व गर्दै विव्यस सदस्य प्रमिशा धिमालले सहभागी सबैलाई धन्यवाद ज्ञापन सहित अध्यक्षको आदेशानुसार कार्यक्रम समापनको जनाउ गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes