मानव एक सामाजिक प्राणी भएकोले ऊ समाजमा बस्दछ र आफ्ना कृयाकलापहरु सञ्चालन गर्दछ । सबै मानवका सोंच, मान्यता, परम्परा, बानी, व्यवहार तथा क्षमता अलग–अलग हुन सक्दछन् ।
समाज वास्तवमा व्यक्ति–व्यक्ति मिलेर बनेको हुन्छ । व्यक्तिबाट परिवार र परिवार–परिवपार मिलेर समुदाय बन्दछ । समुदायलाई समाजको रुपमा पनि लिने गरिन्छ । व्यक्तिका कृयाकलाप व्यक्ति नै पिच्छे अलग–अलग भएता पनि उक्त कृयाकलाप उसको समुदाय र समाजका लागि पाच्य हुनुपर्दछ । समाजमा बस्ने हरेक मानिसका हरेक कृयाकलापले त्यो समाज र त्यसको संगठनमा प्रभाव पार्ने गर्दछ ।
समाजमा विशेष प्रकारको धर्म अबलम्बन गरिएको हुन सक्दछ । धर्म कुन मान्ने र परम्परा कुन अबलम्बन गर्ने भन्ने कुरा व्यक्तिको व्यक्तिगत अधिकार हो । र, त्यसलाई समाजले पनि स्वीकार गरिनु पर्दछ । यसैगरी, संस्कृतिको निर्माण पनि व्यक्ति–व्यक्ति या समाजको कृयाकलापबाट हुने गर्दछ । किनकी संस्कृति पनि समाजसँग नै सम्बन्धीत छ । तसर्थ, संस्कृति निर्माणमा पनि मानव समाजको अहँम भूमिका रहने कुरा स्वीकार गर्नु पर्दछ । यसरी मानव सभ्यताको विकास गर्ने क्रममा धर्म संस्कृति र परम्पराले मानवको मान मर्यादा र उच्च सम्मान गर्ने र समाजलाई कसरी परिस्कृत र सम्मानित बनाउँदै जाने भन्ने सवालमा अहम् भूमिका खेलको हुन्छ भनें तिनै धर्म संस्कृतिको आधारमा हाम्रो पहिचान विश्वसामु प्रस्तुत भएको पाइन्छ ।
हामी कस्तो छौं र समाजलाई हामीले कसरी अगाडि बढाएका छौं भन्ने सवालमा धर्म र संस्कृतिको आधारमा नै हामी पहिचान दिन सक्छौं । यसरी हामीले हाम्रो धर्म संस्कृतिको पृष्ठभूमिमा सभ्य समाज निर्माण गर्दै जाँदा वर्गीय स्वार्थ, व्यक्ति प्रभुत्वको कारण समाजलाई आफ्नै स्वार्थमा परिचालन गरी असमानता तिर समाजलाई तोडमोड गरेको तीतो ईतिहास पनि हाम्रो समाजमा विद्यामान छन् । हाम्रो समाजमा वर्ण र जाति प्रथाले यस्तो अवस्था सिर्जना गरेको हो । वर्ण व्यवस्थामा व्राम्हण, क्षेत्री, वैश्य र सुद्र चारवटा वर्ण हुने गर्दछन् । जसमा ठूलो र सानोको विभेद छ । सबैभन्दा ठूलो वर्ण व्राम्हणलाई र क्रमशः क्षेत्री, वैश्य र सुद्रलाई सानो–सानो वर्णमा विभेद गर्ने गरिन्छ । यसैगरी, पेशाको आधारमा जातको वर्गिकरण गरिएको छ । नेपाली समाजमा सामाजिक द्वन्द्व र वैनश्यता सिर्जना गर्ने प्रमुख तत्व वर्ण र जाति व्यवस्था मानिन्छ । विगत समयमा तत्कालिन साशक वर्गले आफ्नो निहीत स्वार्थका लागि धर्म र संस्कृतिलाई गलत ढंगले व्याख्या गरी समाजमा दाश प्रथाको निर्माण गरी छुवाछुत जस्ता अमानवीय र जर्जर पशुवत दाश प्रथाको थालनी भएको पाइन्छ ।
शक्ति र सम्पतीका कारणले तल्लो वर्गका मानिसहरुमा दाशत्व थुपर्ने विभेद गरी कुसंस्कारको थालनी यिनै उच्च वर्गका मानिसहरुले गरेको पाइन्छ । यसरी जब वर्ग र जातको आधारमा श्रमविभाजन सुरु भयो । अनी उच्च घराना, सामन्ती प्रथाको सुरुवात सँगै सामन्तहरुले आफ्नो घरमा दास दाशी राखी, तिनीहरुलाई कम श्रमको मूल्य दिई अर्थात् अरुसँग किनेर दाशको रुपमा काम लगाउने पशुवत व्यवहारको सुरुवात भएको पाइन्छ ।
यसरी जब समाजको जटिलता बढ्दै जाँदा तल्लो जातको मानिसले उपल्लो जातको मानिसलाई सित्तैमा काम गरिदिनु पर्ने अवस्थाले आर्थिक अवस्था नाजुक भई एउटा जाति विशेषले दाशको रुपमा काम गर्नुपर्ने अमानवीय परिपार्टी सिर्जना भएको हो ।
नेपालमा पुरानो दाश प्रथा जस्तै महिलामा हुने सति प्रथाको अन्त्य भइसकेको छ भनें अन्य केही विभेद प्रायः समाधान भएको पाइन्छ । तर, दलितहरुमाथि हुने विभेद र छुवाछुत जस्ता अमानवीय पशुवत व्यवहारको अन्त्य अहिलेसम्म हुन सकेको छैन । एउटै धर्म, एउटै संस्कृति एउटै समाज तर पनि विभेद भनें फरक रहेकै कारण हाम्रो समाज सभ्य र सम्मानित हुन सकेको छैन । हाम्रो चेतना व्यक्तित्वको विकास यति माथि आइसकेपनि व्यवहार भनें दाश प्रथा मै छ । राज्यले पनि दलितमाथि हुने विभेदमा मौन रहेको र कुनै प्रभावकारी कदम चालेको छैन । अब दासत्वको अन्त्य गर्नका लागि सांस्कृतिक क्रान्तिको थालनी हुन जरुरी छ । पवित्र धर्मलाई र संस्कृतिलाई अपवित्र र अमानवीय दासत्वमा जोडेर धर्म र संस्कृतिलाई विगार्न पाइँदैन भन्ने हाम्रो माग हो । त्यही संस्कृति र त्यही धर्म मान्ने दलित समुदाय कसरी अछुत हुन्छ ? दासत्व भनेको व्यक्ति र सत्ता स्वार्थको लागि लादिएको कु–संस्कार र पासवीक व्यवहार हो । यसको अन्त्य नभएसम्म सामन्ती प्रथाको अन्त्य हुनै सक्दैन ।
हाम्रो धर्म र संस्कृतिलाई सभ्य र परिस्कृत बनाउनलाई भेदभावरहित र उच्च सम्मानको साथ बाँच्न पाउने समाज सिर्जना गरिनु नितान्त जरुरी छ ।
पथरीशनिश्चरे–४ मोरङ, सम्पर्कः ९८१४३०४११४