प्रतिभा पहिचान महिला समूहद्वारा तीज विशेष कार्यक्रम - Pahilo Online

प्रतिभा पहिचान महिला समूहद्वारा तीज विशेष कार्यक्रम

writer

भुमिप्रसाद पाठक

पथरी ।  प्रतिभा पहिचान महिला समूह माेरङ्गकाे पथरीशनिश्चरे -०३ विरेन्द्रनगरले तीज विशेष कार्यक्रम आयोजना गरेको छ। विवाहित तथा अविवाहित महिला दिदीबहिनीहरुका लागि प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको हो।

प्रतियोगितामा १८ जना अविवाहित तथा १९ विवाहित गरी कुल ३७ जनाले सहभागिता जनाएका हुन्। प्रतियोगितामा विवाहित तर्फबाट प्रथम, द्वितीय , तृतिय तथा सान्त्वना क्रमशः विपना मिश्र, जमुना पोख्रेल, विमला ढकाल र रिना मण्डल भएका थिए भने अविवाहित तर्फ प्राश्ना लुईंटेल, भरोसा विक,दीपा तामाङ र सोनिया तिम्सिना क्रमशः प्रथम, द्वितीय , तृतिय र सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए।

उक्त अवसरमा विजयी प्रतियोगीहरूलाई फूल, अबिर , आंखोरा सहित पुरस्कृत गरिएको थियो। वडा नं ३ का वडाध्यक्ष विजय लिम्बुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि सीता अधिकारी, साहित्यकार कृष्ण प्रसाद अधिकारी, शिक्षासेवी भुवनेश्वर पोख्रेल, विरेन्द्र साकोसका देवी घिमिरे, लगायतको उपस्थिति रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes