पथरी शनिश्चरे, मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. १ मा स्थापित पथरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी योजना विस्तारलाई तिव्रता दिएको छ ।
संस्थाले हाल दैनिक १८ लाख लिटर शुद्ध प्रशोधित खानेपानी वितरण गर्दै आइरहेको छ ।
दिनभरि २४ घण्टा नै वितरण गरिरहेको यो संस्थाले २ लाख २५ हजार लिटर पानी अट्ने क्षमताको कंक्रिट टंकी मार्फत् आफ्ना उपभोक्ताहरूलाई पानी वितरण गर्दै आएको छ । यसलाई बढाएर अब १५ दिनभित्र नै खानेपानीको योजना विस्तार गरिने अध्यक्ष जयराम बिष्टले जानकारी दिनुभयो ।
संस्थाले वडा नं १,२,३ र ७ का २७ सय ४९ उपभोक्ताहरूलाई शुद्ध प्रशोधित पिउने पानी उपलव्ध गराउँदै आएको छ ।
पथरी खानेपानी र नगरपालिकाको सहकार्यमा देबिगन्जदेखि छिमेकी लाईन हुँदै किराँती चौक सम्मको खानेपानीको पाइपलाइन राखिसकिएको छ ।