मोरङ/ मोरङको ग्रामथान गाउपालिका–६ नम्बर वडा कार्यालयले दुई सय ५० जना विधार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । हिजो एक कार्यक्रमको आयोजना गरी वडा स्थित सामुदायिक विधालयमा अध्ययनरत दुईसय ५० जना विधार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो ।
सो वडा स्थित रानी आधारभूत विधालयमा अध्ययनरत १ सय जना र पब्लिक माविका १ सय ५० जना विधार्थीहरु गरी दुई सय ५० जना विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेको ग्रामथान गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष विर नारायण चौधरीले जानकारी दिनुभयो । सो न्यानो कपडा वितरण कार्यक्रममावडा नं ६ का वडा अध्यक्ष चौधरी, वडा सचिव शुशिला दाहाल, वडा सदस्य, विधालय व्यवस्थापनसमितिका पदाधिकारी शिक्षक, विधार्थीहरूको सहभागिता रहेको थियो ।
वडाले समय समयमावडाका बालबालिकाहरूलाई खेलकुदका लगायतका सामग्रीहरू वितरण गर्दै आइरहेको छ । यसैगरी यसअघि ग्रामथान गाउँपालिका ५ नम्बर वडा कार्यालयले पनिसामुदायिक विधालयमा विधार्थी हरूलाई न्यानो कपडा वितरण गरेको थियो ।