पथरी । पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख तथा अुनगमन समितिका संयोजक देविमाया काफ्लेको अगुवाईमा नगरका विभिन्न योजना तथा कार्यक्रमहरूको अनुगमन गरिएको छ ।
आज वडा नं. १ को कृषि बजार पूर्वाधार निर्माण तथा व्यवस्थापन, प्रशासनिक भवन जस्तापाता मर्मत् र पञ्चायत स्कुल पूर्व वाल तथा स्लाव निर्माणको अनुगमन गरिएको छ ।
सो अनुगमनमा नगरका योजना शाखा प्रमुख शिवकुमार राई, अनगुमन समितिका सदस्य अन्जना दर्जी, इन्जिनियर सन्तोष केसी र प्राविधिकहरुको सहभागिता रहेका थियो ।