पथरी । पथरी शनिश्चरे नगरपालिका अनौपचारिक श्रमिक हितकोष व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले विविध विषयवस्तुमा छलफल गरिएको छ ।
बैठकबाट श्रमिकहरूको वीमा गर्ने सन्दर्भमा श्रमिकहरुको ननलाइफ इन्स्योरेन्स गर्ने र विभिन्न वीमा कम्पनीहरु मध्ये ३ वटा कम्पनी मार्फत् आवश्यक पोलिसी माग गरी जसमध्ये एकको अध्ययन गरी वीमा गर्ने निर्णय भएको छ । यस्तै सदस्यता विस्तार गर्ने क्रममा थप जिम्मेवार श्री रविन राईलाई दिने समेत निर्णय गरिएको छ ।