अस्पतालको फोहोर बोकेको पिकअप पक्राउपछि फोहोर डिस्पोज - Pahilo Online

अस्पतालको फोहोर बोकेको पिकअप पक्राउपछि फोहोर डिस्पोज

writer

पहिलो अनलाइन

पथरी । पथरी शनिश्चरेको डम्पिङ साईडमा पक्राउ गरेको पिकअपको फोहोर आज डिस्पोज गरिएको छ ।
चैत्र २० गते नगर प्रहरीको गस्तीले राति ९ः४५ बजेको समयमा को २ च ३३२२ नम्बरको अस्पतालको फोहोर बोकेको पिकप नियन्त्रणमा लिएको थियो । पिकअप नियन्त्रणमा लिई अनुसंधान गर्दा विर्तामोडमा अवस्थित विर्ता सिटी अस्पतालबाट सो फोहार ल्याइएको खुल्नमा आएको छ ।
विर्तामोड निवासी लोला मल्लिकको नाममा दर्ता रहेको सो गाडी रातको समयमा नगर प्रहरीले पथरी डम्पीङ साइटमा फोहोर मैला अनलोड गर्ने तयारी गर्दै गर्दा नियन्त्रणमा लिएको थियो ।
डम्पीङ साइटमा आगो लगाएर स्थानीयवासीलाई समस्यामा पार्ने गरेको हुनाले त्यसलाई रेकी गर्न टोली परिचालन हुँदा उनीहरुलाई पक्राउ गरिएको हो ।
गाडी चालक विनोद थारु र सहचालक शुशिल चौधरी पनि नियन्त्रणमा लिएर छोडिएको पथरी शनिश्चरे नगरपालिकाको वातावरण तथा फोहोर मैला व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र राईले बताउनुभयो ।
अस्पतालबाट निस्किएको फोहोर मैला कुनै पनि डम्पीङ साइटमा छोड्न नहुने र सिर्जित फोहोरलाई डम्पिङ साईड लानु पूर्व अटोक ल्यावमा हिट दिएर स्टेजलाईजेसन गरेर मात्र डम्पिङ साईडमा लानुपर्ने पथरीशनिश्चरे नगरपालिका स्वस्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो ।
फोहोर मैला व्यवस्थापन ऐन २०६८ का अनुसार यस्ता किसिमका गतिविधि गर्नेलाई ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।
यस्तै डम्पिङ साईडमा यस्ता किसिमको फोहोर फोहोर फ्याली त्यसमा आगजनी गरेर छाड्ने गरेकाले नगरवासी, विशेषगरी १ नम्बर वडावासीहरू प्रत्यक्ष असरमा पर्ने गरेको स्थानीय अगुवा धनकुमार तामाङले जानकारी दिनुभयो ।
पथरी शनिश्चरे नगरपालिकाको सरसफाईमा कार्यरत एक कर्मचारीको संलग्नता हुनसक्ने रहेको बताउदै प्रमाण पुगे कारबाही प्रक्रिया अगाडि बढाउने फोहोर मैला व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र राईले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes