पथरी । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलन कार्यक्रम सुरु गरेको छ ।
आज नगर कार्यपालिकाको बैठक कक्षमा बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलन कार्यक्रम सुरु गरिएको हो ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राईको उपस्थितिमा राय सुझाव संकलन भएको हो । नगर भित्रका विभिन्न संघ संस्थाका प्रतिनिधि र दिग्गज व्यक्तिहरुबाट बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलन गरिएको थियो ।
यसैगरी क्रमशः वैशाख २५ र २६ गते अन्य क्षेत्रका प्रतिनिधिहरुसँग राय सुझाव संकलन गरिने प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो ।