पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका र सामाजिक विकास मन्त्रालयको द्वीपक्षीय लागत साझेदारी तथा करुणा फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा संचालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको आ.व. २०८१/८२ को लागि वार्षिक योजना निर्माण कार्यशाला सम्पन्न भएको छ ।
आज नगरपालिकामा भएको सो कार्यशालामा छलफल गरिनुका साथै बालबालिका शाखा प्रमुख गीता कट्टेलले आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो ।
कार्यशालामा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, वडा अध्यक्षहरु भीम राई, नविन कार्की, वीरबहादुर राई, उद्धवराज बस्नेत, जीवन खतिवडाको उपस्थिति रहेको थियो । यस्तैगरी स्वास्थ्यतर्फबाट एकराज खत्री र करुणा फाण्डेसनका तर्फबाट सुरज सरदारको उपस्थिति रहेको थियो ।