पथरीशनिश्चरे वडा नं. ३ र ७ मा न्यायिक समितिको सार्वजनिक सुनुवाई - Pahilo Online

पथरीशनिश्चरे वडा नं. ३ र ७ मा न्यायिक समितिको सार्वजनिक सुनुवाई

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका न्यायिक समितिले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । शनिबार पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ३ को सभा हलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न हो ।
सार्वजनिक सुनुवाईमा घर झगडा, सिमा विवाद, वहुविवाह, सम्वन्ध विच्छेत, लगुवित्त तथा सहकारी विवाद, महिला हिंसा, लागुऔषध दुर्वेशनि लगायतको विषयहरु उठान भएको थियो । उठान भएका प्रश्नहरुलाई पथरीशनिश्चरे नगरपालिकाका कानुनी सल्लाहकार एवं अधिवक्ता दिपक राई, नगर उप–प्रमुख एवम् न्यायिक समिति संयोजक देवीमाया काफ्ले र सरोकारवालहरूले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष बिजय लिम्बु, न्यायिक समिति सदस्य पदमबहादुर धिमाल, कल्पना श्रेष्ठ, वडा सदस्यहरु टंकप्रसाद पराजुली, सम्झना नेपाली, झकेन्द्रस्वरी अधिकारी, चन्द्रप्रकाश चेम्जोङ, मेलमिलाप समिति ३ नम्बर वडाका रुकमिणि बजगाईँ, हर्क लिम्बु लगागय विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा न्यायिक समिति सदस्य कल्पना श्रेष्ठले स्वागत मन्तव्य, पदमबहादुर धिमालले कार्यक्रमको औचित्य प्रकाश पार्नुभएको थियो । उपप्रमुख एवम् न्यायिक समिति संयोजक देवीमाया काफ्लेको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमलाई न्यायिक समितिका कर्मचारी विश्वमणि निरौलाले संचालन गर्नुभएको थियो ।
वडा नं. ७ मा न्यायिक समितिको सार्वजनिक सुनुवाई
यसैगरी, पथरी शनिश्चरे नगरपालिका न्यायिक समितिले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । आज पथरीशनिश्चरे वडा नं. ७ को सभा हलमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
सो कार्यक्रममा प्रायः घर झगडा, सिमा विवाद, वहुविवाह, लगुवित्त तथा सहकारी विवाद, महिला हिंसा, लागूऔषध लगायतको विषयहरु उठान भएको थियो । उठान भएका प्रश्नहरुलाई पथरीशनिश्चरे नगरपालिकाका कानुनी सल्लाहकार एवं अधिवक्ता दिपक राई, नगर उप–प्रमुख एवम् न्यायिक समिति संयोजक देवीमाया काफ्ले र सरोकारवालहरूले जवाफ दिनुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes