‘जनयुद्धमा लडेको ब्याज चाँहिदैन, माओवादी पार्टीको सदस्य हुन पाऊँ’ - Pahilo Online

‘जनयुद्धमा लडेको ब्याज चाँहिदैन, माओवादी पार्टीको सदस्य हुन पाऊँ’

writer

पहिलो अनलाइन

शनिश्चरे । माओवादी केन्द्र प्रदेश नं. १ समितिले यतिबेला दुई महिने अभियान चलाइरहेको छ । ‘पूर्वेली जन संगठन सुढृढीकरण अभियान’ कै क्रममा पथरीशनिश्चरे नगर समितिले पुराना कार्यकर्ता भेटघाट अभियान चलाएको छ ।

यसैक्रममा मोरङ पथरीशनिश्चरे—८ शान्ति टोलमा पुराना कार्यकर्तालाई ‘घर फर्क’ अभियान अन्तरगत भेटघाट गरेको हो । जसमा जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .मुक्तिसहित बाटो विराएका आधा दर्जन पुराना कार्यकर्ताहरुलाई सदस्यता प्रदान गरी पुरानो घर फर्काइएको नेकपा माओवादी केन्द्र पथरीशनिश्चरेले जनाएको छ ।

बिष्णु मगर (क.मुक्ति) जनयुद्धताका जनमुक्ति सेनाको कम्पनी कमाण्डर थिए ।
शनिबार बिहान आफू जस्तै वर्ग उत्थानमा लागेका युद्धकालीन सहकर्मीहरुसँगको भेटमा मुक्तिले भावुकहुँदै भने ‘एउटा हाँस्दासँगै हास्ने, अर्को रुँदासँगै रुने, दुःख, सुख बराबर बाँड्ने भन्ने हाम्रो नीति थियो ।’

‘जनयुद्धमा लडेको ब्याज मलाई चाँहिदैन, माओवादी सदस्य हुन चै पाउनु प¥यो’– मुक्तिले थपे ‘मलाई जहाँ जाँदा पनि माओवादी भन्छन्, तर पार्टीका नेता कार्यकर्ताहरुले वास्ता गर्न छाडेपछि सम्पर्क बिहिन जस्तै भएँ ।’
तेह्र बर्षपछि पार्टीले दिएको सदस्यता नवीनरण गर्दै जनमुक्ति सेनाका पूर्ब कम्पनी कमाण्डर मुक्तिले भने ‘जनताले पार्टीमा जीवन देख्नुपर्छ ।’
यही क्रममा विष्णु मगर .(मुक्ति)को घरैमा भेटघाट भएको हो । युद्धमासँगै हिडेका लालबहादुर शुस्लिङ मगर(सबिन), बालकुमार मगर (बिकास), रञ्जु कटुवाल लगायतको टोलीसँगको भेटमा मुक्तिले भाबुकताको साथ आफ्नो धारणा राखेका थिए ।

भेटघाट अभियानमा पार्टी प्रदेश सल्लाहकार शिव तिम्सिना, पथरीशनिश्चरे नगर समिति अध्यक्ष गोबिन्द कटुवाल, उपाध्यक्ष कमल हाङ्बाङ लिम्बू, सचिव मान दियाली, सदस्य राजकुमार तिरुवा, सुमन वनेम, ८ नं. वडा समिति अध्यक्ष अनिल खजुम, किराती राष्ट्रिय मुक्ति मोर्चाको महासचिव अर्जुन जम्नेली राई प्रेस सेन्टरको केन्द्रीय सदस्य मोहन भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य लालबहादुर शुस्लिङ मगरले भने ‘‘हामीसँग हिड्ने साथीहरुको हाड्डी मक्किइ सक्यो । हामी झुक्किएर बाँचेका हौ, यो कुरा नेतृत्व र सबैतहका कार्यकर्ताहरुले बुझेर व्यवहार परिवर्तन गर्दै पार्टी निर्माणमा जुट्नुपर्छ ।’

बिष्णु मगरसँगै मगरको परिवार र बिभिन्न पार्टीमा लागेका पुराना सदस्यहरुले पनि माओवादी केन्द्रको सदस्यता नवीनरण गरेका छन् । जसमा विष्णु मगर, कालिबहादुर मगर, गंगा मगर, देवी मगर, भुटनी चौधरी र गणेश कुमारी मगर रहेका छन् ।

यसैबीच, केही दिनेअघि नेकपा क्रान्तिकारी माओबादी पार्टीका मोरङ्ग जिल्ला सदस्यसहित डेढ दर्जन कार्यकर्ताहरुलाई पनि ‘घर फर्क’ अभियान अन्तरगत पार्टी प्रवेश गराई सदस्यता प्रदान गरिएको थियो । जसमा गोपाल मगर १४ जना नेता कार्यकर्ता सहित नेकपा माओबादी केन्द्रमा समाहित भएका थिए । अन्य सदस्यहरुमा भक्त बहादुर लिम्बु, तुलाराम राई, सनमान राई, मन्जित राई, गिता राई, दिपेश राई, तुक बहादुर राई, सृजना राई, मिठे राई, सोम बहादुर राई, नौधन राई, सरिन लिम्बु, ज्योती मगर रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes