आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको समापन - Pahilo Online

आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको समापन

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे  ।  पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा भएको तीन दिने आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको आज समापन भएको छ । ‘विश्व भरिको आदिवासी जनजाति एक हौं ।’ भन्ने मूल नाराको साथ नेपाल आदिवासी जनजाति महासंघ १० नं. वडा समन्वय परिषद्ले कार्यशालाको आयोजना गरेको थियो ।

सिन भिलेज पार्टी प्यालेसमा जेठ १३ देखि आजसम्म सञ्चालन भएको सो कार्यक्रमको सभाध्यक्ष आयोजकका अध्यक्ष सबिन तामाङको रहेको थियो भने प्रमुख अतिथि वडा नं. १० अध्यक्ष जीवन खतिवडा रहनुभएको थियो । खतिवडाले वडामा यस खालको कार्यशाला अझ व्यवस्थित तरिकाले गर्दै लाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडाका आदिवासी महिला पुरुष गरी कार्यशालामा जम्मा ५० बढीको सहभागिता रहेको थियो । सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । यस्तैगरी प्रशिक्षक काजीमान तामाङ थिङलाई आयोजकका तर्फबाट सम्मान गरिएको थियो । सुमन कुरुङबाङले सञ्चालन गरेको सो समापन कार्यक्रममा विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरु र वडा सदस्य दिलबहादुर कार्कीको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes