पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका न्यायिक समितिको आयोजनामा २ दिने मेलमिलापकर्ताहरुलाई पुर्नताजगी कार्यक्रम सम्पन्न भएको छ ।
लेटाङको कृषि विकास बैंकको तालिम केन्द्रमा जेठ ३२ र असार १ गते तालिम सञ्चालन गरिएको थियो ।
न्यायिक समिति संयोजक देवी माया काफ्लेको प्रमु्ख आतिथ्यमा भएको कार्यक्रममा लेटाङ नगरपालिका उप–प्रमुख कृष्ण कुमारी निरौला विशिस्ट अतिथि रहनुभएको थियो ।
नगरपालिका न्यायिक समिति सदस्य पदमबहादुर धिमालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा १० वडै वडाका मेलमिलापकर्ता हरुलाई पुनर्ताजगी कार्यक्रममा नगरपालिका कानुनी सल्लाहकार दिपक कुमार राईले सहजीकरण गर्नुभएको कार्यक्रममा कर्मचारी विश्वमणि निरौलाले सञ्चालन गर्नुभएको थियो ।