पथरी शनिश्चरे, पथरी शनिश्चरे वडा नं. १ मा अवस्थित पञ्चायत माविको वौद्धिक अपाङ्गता आवासीय भवनमा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत सहायक सामग्री वितरण गरिएको छ ।
आज पथरी शनिश्चरे नगरपालिका र सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको दुई पक्षीय लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत सहायक सामग्री वितरण गरिएको हो ।
नगरपालिकाका शारीरिक असक्तहरूलाई सहायक सामग्री वितरण गरिएको थियो । सहायक सामग्री नगर उप–प्रमुख देविमाया काफ्लेले वितरण गर्नुभएको थियो । यसैगरी कार्यक्रममा नगरपालिकाको महिला बालबालिका शाखा प्रमुख गिता कट्टेल, सृजना भट्टराई लगायतको उपस्थितिरहेको थियो ।