रेडस्टारका दुई विद्यार्थीले ल्याए जीपीए—४ - Pahilo Online

रेडस्टारका दुई विद्यार्थीले ल्याए जीपीए—४

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित समुदायिक विद्यालय पञ्चायत माविका छात्रा एसइईमा मोरङ जिल्ला प्रथम भएका छन भने रेडस्टार बोर्डिङका दुुई छात्रले जीपीए—४ ल्याएर उतिर्ण भएका छन् । पञ्चायत मावि प्रदेश सरकारबाट नमूना घोषित विद्यालय हो । २०८० को एइई नजिता आज (बिहिबारं) सार्वजनिक भएको हो ।

पञ्चायत माविकी छात्रा निकिता राईले ३.९६ जीपीए ल्याएर सरकारी विद्यालयहरुबाट मोरङ जिल्लामै प्रथम भएको पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकीले दाबी गरका छन् । सोही विद्यालयबाट करुणा राई र शौरभ धिमालले समान समान ३.६५ र नम्रता खतिवडाले ३.६२ जीपीए ल्याएर उतिर्ण भएका छन् ।

उच्च जीपीए ल्याएर पासहुने चारैजनालाई विद्यालयले आजै बधाई शुभकामना दिएका छन् । चारैजना विद्यार्थीलाई कक्षा ११—१२ मा निशुल्क पढाउने घोषणा गरेको प्रअ बुढाथोकीले बताए । त्यसैगरी पथरीशनिश्चरे २ मा स्थापित रेडस्टार बोर्डिङ स्कुलमा अध्ययनरत छात्र अजय लिम्बू र सतिस अचार्यले जीपीए—४ ल्याएर उतिर्ण भएका छन् ।

त्यसैगरी पथरीको एभरेष्ट बोर्डिङ स्कुलकी कृतिका विष्टले ३.७८ जीपीए ल्याएर उतिर्ण भएको सञ्चालक रबिन कङ्दङ्बाले बताए । पथरीशनिश्चरे नगरबाट उच्च जीपीए ल्याएर उतिर्ण विद्यार्थीहरुलाई नगर शिक्षा विभाग प्रमुख नवीन खुललले समाजिक सञ्जालमार्फत बधाई शुभकामना दिएका छन् । पथरीशनिश्चरेमा सर्व प्रथम एभरेष्ट बोर्डिङ स्कुलबाट सलिना राईले ९० प्रतिशत अंक ल्याएर तत्कालीन एसएलसी पास गरेका थिए । पथरीशनिश्चरे नगरमा पछिल्लो समयमा उच्च जीपीए ल्याएर उतिर्णहुने विद्यार्थीहरुको संंख्या वृद्धिहुँदै गएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes