कृषि समूहलाई च्यापकटर वितरण - Pahilo Online

कृषि समूहलाई च्यापकटर वितरण

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिका पशुपंन्छी विकास शाखाको आयोजनामा ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरेको छ ।
आज नगरपालिको प्राङ्गणमा पशुपन्छी तथा मत्स्य विकास शाखाको आ.व. २०८०/८१ को ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण कार्यक्रम अन्तर्गत छनौट भएका १० वटा संस्थालाई च्यापकटर वितरण गरिएको हो ।
वडा नं. ५ को मिरमिरे कृषक समूह, वडा नं. ९ को असर्फि कृषि फर्म, वडा नं. ७ को गौमाता कृषि तथा पशुपन्छी फर्म, वडा नं. ९ को इच्छा कृषि फर्म, सल्लेरी खेती तथा पशुपालक समूह, सावा कृषि फर्म, वडा नं. ३ को गौतम कृषि फर्म, वडा नं. ७ को उत्साही साना किसान कृषि सहकारी संस्था, वडा नं. ३ को सिरिजंगा कल्याण बहुउद्देश्यीय कृषि समूह र वडा नं. ६ को चन्द्रवंशी गाई फर्मलाई वितरण गरिएको पशु चिकित्क सवल पोखरेलले जानकारी दिनुभयो ।
च्यापकटर नगर प्रमुख मोहन प्रसाद तुम्वापोले वितरण गर्नुभएको थियो । सो कार्यक्रममा वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेत, नगरका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes