पथरीमा १० जना लागू औषध प्रयोग कर्ता पक्राउ - Pahilo Online

पथरीमा १० जना लागू औषध प्रयोग कर्ता पक्राउ

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरेमा लागू औषध प्रयोग कर्ता न्युनिकरण गर्ने उदेश्यले लापसे (लागू पदार्थ सेवनं) परीक्षण सुरु भएको छ । लापसे परीक्षण सुरु भएकै दिन मंगलबार ११ जना युवा युवतीहरु लागूू पदार्थ सेवन प्रयोग गरेको प्रमाणित भएर प्रहरी नियन्त्रणमा परेका छन् ।

लागू पदार्थ सेवन गरेको कारण पक्राउ पर्नेमा ४ जना युवती र ७ जना युवा रहेका छन् । पक्राउ पर्नेहरु १७ देखि २७ बर्ष उमेर समूहको रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहालले बताए ।

संकास्पद १३ जना पक्राउ परेका युवा युवतीहरुलाई इलाका प्रहरी कार्यालयमा ल्याएर लापसे परीक्षण गर्दा ११ जनाले प्रयोग गरेको प्रमाणित भएको हो । पक्राउ पर्नेहरुमा पथरीशनिश्चरे १ का ४ जना, २ नं. वडाका १ जना, ३ को २, ९ नं. वडाका १ जना, १० को २ जना र झापा दमकको १ जना रहेको इलाका प्रहरी कार्यालय पथरीले जाएको छ ।

संकास्पद ती व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले पथरीशनिश्चरे १० स्थित सिरिजंङ्गा स्मृति धार्मिक वन क्षेत्रबाट नियन्त्रणमा लिएका थिए । डीएसपी मोहनविक्रम दाहाल भर्खरै सरुवा भएर इप्रका पथरी आएका हुन् । यहाँ आएपछि उद्योगी व्यवसायी, राजनीतिक दलका नेताहरु, सञ्चार कर्मी लगायतसँग सुझाव संकलन गरेका थिए ।

अधिकांशले लागू पदार्थ सेवन, कारोबार र व्यापारीहरु अत्याधिक रुपमा बढेकोले नियन्त्रण गर्न सुझाव दिएका थिए । त्यसपछि डीएसपी दाहालले लागू पदार्थ नियन्त्रण गर्न दुई जना इन्स्पेक्टरसहित छ जनाको एन्टि ड्रग स्क्वाट .(एडीएस)ं टिम गठन गरेर लपसे परीक्षण सुरु गरेको हो । लापसे पथरीमै परीक्षण संकास्पद व्यक्तिलाई लागू पदार्थ सेवन गरे, नगरेको परीक्षण मल्टि ड्रग टेष्ट प्यानल ं(गर्भ परीक्षण गर्ने किड जस्तै) किड मार्फत परीक्षण सुरु गरिएको हो ।

लापसे किड पिसबमा डुबाएपछि कोकिन, मोर्फिन, डाइजिपम, गाँजा लगायत ६ प्रकारको लागू पदार्थ प्रगोग भए नभएको छुट्याइदिन्छ । संकास्पद व्यक्तिको पिसाबमा किड डुबाउदा गर्भ परीक्षण जस्ते सेवन गरे, नगरेको छ प्रकारको ड्रगको संकेत दिन्छ । लापसे नगरेको व्यक्तिको नेगेटिम देखाउछ । पथरीमा मंगलबार सोही किड मार्फत लापसे परीक्षण गरिएको हो ।

परीक्षण गरिएका अधिकांशमा गाँजा र केहीमा मोर्फिन, डाइजिपाम लगायतको लागू औषध प्रयोग गरिएको भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहनविक्रम दाहालले बताए । पहिलो पटक इलाका प्रहरी कार्यालयमा परीक्षण गर्दा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शशी राई, नगर अस्पतालको प्रमुख मुरारी आचार्य लगायतको उपस्थिति रहेको थियो ।

इलाका प्रहरी कार्यालयले गठन गरेको एन्टि ड्रग स्क्वट .(एडीएस)ंले संकास्पद लागू औषण प्रयोग कर्ताहरुलाई ल्याएर नगर अस्पताल पठाउने र त्यहाँ यही किड मार्फत तुरुन्त परीक्षण गरिने प्रहरी प्रमुख दाहालले बताए ।

लापसे परीक्षण गर्ने किड करिव ४५० रुपैया पर्दछ । कोही अभिभावकले आफ्नो सन्तानले लापसे गरे, नगरेको पत्ता लगाउन चाहे आफै आएर पनि परीक्षण गर्न सक्ने प्रहरी प्रमुख दाहालले बताए । प्रहरीले गठन गरेको एडीएसले प्रयोग कर्ताको साथै लागू पदार्थ कारोबारी र ओसार पसार गर्नेहरुको पनि खोजी गरेर कारबाही चलाउने बताए ।

पथरीशनिश्चरेमा केही बर्ष अघिदेखि लागू औषध प्रयोग कर्ता व्यापक रुपमा बढेपछि दुले चोरको समेत बिगबिगी बढेको छ । इलाका प्रहरी कार्यालय पथरीले एडीएस टिम बनाएपछि अब जुनसुकै बेला संकास्पद व्यक्तिहरु नियन्त्रण गरेर लापसे परीक्षण हुनेसक्ने भएको छ ।

किड मार्फत लापसे गरे, नगरेको परीक्षणहुने र प्रहरीले लापसे न्युनिकरणको लागि एडीएस नै गठन गरेर लागेपछि नगरपालिका, जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ताहरु संंघ, संस्थाहरुबाट सहयोग मिले नगरमा लापसे धेरै हदसम्म नियन्त्रण हुन सक्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes