वडा नं. ८ ले ल्यायो विद्यालय स्वास्थ्य कार्यक्रम - Pahilo Online

वडा नं. ८ ले ल्यायो विद्यालय स्वास्थ्य कार्यक्रम

writer

पहिलो अनलाइन

शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले विद्यालय स्वास्थ्य कार्यक्रम २०८१ ल्याएको छ ।
वडाले साउन १४ गते सूचना प्रकाशित गर्दै विद्यालय स्वास्थ्य कार्यक्रम २०८१ घोषणा गरेको हो ।
वडाका बालबालिकाहरुलाई नियमित स्वास्थ्य परीक्षण गराउन र अपाङ्गता पहिचान तथा रोकथाम गर्नको लागि वडाले प्रत्येक तीन÷तीन महिनामा नियमित विद्यालय स्वास्थ्य कार्यक्रम गर्ने वडाअध्यक्ष नविन कार्कीले जानकारी दिनुभयो ।
वडाको बुद्ध माविमा साउन २७ गते, दुर्गा आविमा २८ गते, चौविसे एकेडेमीमा २९ गते, हाइल्याण्ड बोर्डिङमा ३० गते र मिलन आविमा ३१ गते विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने अध्यक्ष कार्कीले जानकारी दिनुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes