फोनिजको रजत जयन्ती उदयपुरको उदयपुरगढीमा - Pahilo Online

फोनिजको रजत जयन्ती उदयपुरको उदयपुरगढीमा

writer

बाबुराम मुडियारी

मोरङ / उदयपुरको बेलका नगरपालिका- ८ खुवालुङ क्षेत्र चतरामा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेशको बैठक हिजो खुवालुङ क्षेत्र चतारामा सम्पन्न भएको छ ।

अगामी २७ गते फोनिजको २५ औं स्थापना दिवस (रजत जयन्ती) उदयपुरको उदयपुरगढी गाउँपालिकामा आयोजना गर्ने बैठकमा ऐतिहासिक निर्णय भएको छ । फोनिजको रजत जयन्तीको अवसरमा पालिकाको ऐतिहासिक क्षेत्रहरुको पर्यटन प्रवर्द्धनमा प्रचारप्रसारलाई सहयोग हुनेगरी भब्यताकासाथ सो क्षेत्रमा मनाउने निर्णयसँगै बैठकले विभिन्न उपसमितिमार्फत कार्यबिभाजनसमेत गरेको छ ।

कार्यभिभाजन अनुसार ब्यवस्थापन समितिको संयोजकमा उपाध्यक्ष राजेन्द्र दुष्ट, प्रचारप्रसार संयोजक संयोजकमस सचिव सन्देश सुब्बा, आर्थिक व्यवस्थापन संयोजक कोषाध्यक्ष प्रेम देवान, अतिथि स्वागत तथा सत्कार संयोजक सुप्रीया राई, मन्च, भोजन तथा आवास व्यवस्थापन संयोजकमा जिल्ला अध्यक्ष इश्वर बलम्पाकी मगर र पहिचान पत्रकारिता पुरस्कार छ्नौट संयोजकमा इन्चार्ज भक्तशेर लिम्बुलाई जिम्मेवारी तोकिएको छ ।

बैठकमा प्रदेश इन्चार्ज भक्तशेर लिम्बू सल्लाहकार निलिफा सुब्बा, ललितपुर जिल्लाका संथापक अध्यक्ष प्रकाश राई लगायतको उपस्थिती थियो भने बैठक १ नं. प्रदेशका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes