भुल्के जल उद्योगलाई सचेत गराइयो - Pahilo Online

भुल्के जल उद्योगलाई सचेत गराइयो

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिकाको उपप्रमुख एवं नगर स्तरीय अनुगमन समितिको संयोजक देवीमाया काफ्लेको अगुवाईमा बजार अनुगमन समितिले श्री भुल्के जल उद्योगको अनुगमन गरेको छ ।

विहीबार पथरी शनिश्चरे वडा नं. १ मा स्थापित सो उद्योगले विक्री गरेको पानी वडा नं. २ का एक उपभोक्ताले घरमा जारको खानेपानी दुषित रहेको भनी सूचना प्राप्त भए पश्चात् नगरपालिकाको अनुगमन समितिद्वारा स्थलगत अनुगमन गरिएको हो ।

सो उद्योेगको विक्री गरिएको जारहरु स्थलगत रुपमा अनुगमन गर्दा त्यहाँ भएका जारहरु मध्ये खोलिएको जारको खानेपानीमा केही लामखुट्टेको लार्भा देखिएको भएता पनि नखोलिएका जारहरूमा भने खामखुट्टेको लार्भा नदेखिएको, उद्योगमा खानेपानी संकलन गर्ने, प्रशोधन गर्ने तथा जारमा खानेपानी भर्ने कार्य उल्लेखनीय त्रूटि नपाइएको यद्धपि अझै सावधानी अपनाउनुपर्ने र आगामी दिनमा खानेपानी संकलन, प्रशोधन तथा प्याकेजिङ कार्य गर्दा जनस्वास्थ्यको संवदेनशिलतालाई ख्याल गर्दै सावधानी अपनाउन नगरपालिकाले सचेत गराएको छ ।

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत शशि राई, राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल, स्वास्थय शाखाका अधिकृत एकराज खत्री, नगर प्रहरी इन्चार्ज बलबहादुर गौतमको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes