पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाले नगरका सामुदायिक विद्यालयहरूको अनुगमन/निरीक्षण गरेको छ । दोस्रो चरणको कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, शिक्षा शाखा प्रमुख नविन खुलाल, सव–इन्जिनियर रन्जित राजवंशीको उपस्थितिमा विद्यालयहरूको अनुगमन/निरीक्षण गरिएको हो ।
सो अनुगमन/निरीक्षणमा विद्यालयको भवन र टिनको छानोको अवस्थाहरुको स्थिति हेरिएको थियो । जीर्ण अवस्थामा रहेका भवनको मर्मत् र चुहिने भएका टिनको छानो फेर्नका लागि आवश्यक पर्ने बजेटको पूर्व तयारीका लागि अनुगमन गरिएको शिक्षा शाखा प्रमुख नविन खुलालले जानकारी दिनुभयो ।