प्रकाश चौहानलाई भोट दिएर जिताउन आग्रह - Pahilo Online

प्रकाश चौहानलाई भोट दिएर जिताउन आग्रह

writer

पहिलो अनलाइन

मोरङ । मिस्टर नेपालको फाइनलमा पुगेका मोरङ पथरीशनिश्चरेका युवा प्रकाश चौहानका जिताउन परिवारले भोटको अपिल गरेका छन् ।
पथरीशनिश्चरे—४ का प्रकाश चौहान मिस्टर नेपाल बर्ष २०२४ को फाइलनमा पुगेका छन् । भदौ पहिलो साता फाइनलहुने मिस्टर नेपालको नतिजा एसएमएस भोट बढी ल्याउने प्रतिस्पर्धीले जित्नेछन् ।

प्रकाश चौहान अडिसनको साथै बिभिन्न चरण पार गर्दै फाइनलमा प्रवेश गरेका हुन् । चौहानलाई जिताउन पथरी जेसीजले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी भोट अपिल गरेका हुन् ।

पथरी जेसीजका अध्यक्ष राज तिरुवाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा प्रतिष्पर्धी प्रकाश चौहानका बुवा गणेश चौहान, आमा प्रमिला र दिदी सरस्वती चौहानले भोट दिएर जिताउन आनुरोध गरेका हुन् ।

पत्रकार सम्मेलनमा पथरी उद्योग वाणिज्य संघको पूर्ब अध्यक्ष पर्शुराम कार्की, जेसीज टिम लगायत उपस्थिति रहेको थिए । चौहानलाई भोट गरेर जिताउन अपिल गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes