डेंगी रोकथामका लागि अन्तरक्रिया - Pahilo Online

डेंगी रोकथामका लागि अन्तरक्रिया

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे वडा नं. ३ मा डेंगी रोकथाम तथा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ३ मा डेंगी संक्रमण वृद्धि भएसँगै आज वडा कार्यालयले डेंगी रोकथाम तथा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । यसैगरी आज नै आइतबारे बजारमा ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सम्पन्न गरिएको छ ।

विशेष गरेर वडाको पिपल चौक, सेर्मा चौक, सगरमाथा टोल र मगर टोलमा डेंगी संक्रमण भएपछि वडावासीलाई सतर्क रहन सो कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक सिअहेव एकराज खत्रीले सहजीकरण गर्नुभएको थियो । वडाध्यक्ष विजय लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रम आधारभूत स्वास्थ्य केन्द्रका अहेव आशिष गौतमले सञ्चालन गर्नुभएको थियो ।

सो कार्यक्रममा वडाका विद्यालयका प्रअहरु, वि.व्य.स. अध्यक्षहरु, वडाका स्वयंसेविका र वडावासीहरुको उपस्थिति रहेको थियो । अब वडाले हरेक टोल टोलमा डेंगी रोकथाम तथा नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सञ्चालन गर्ने वडाध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।

वडाले यसभन्दा अघि पनि ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम गर्दै आइरहेको आधारभूत स्वास्थ्य केन्द्रका अहेव आशिष गौतमले जानकारी गराउनुभयोे । नगरपालिकामा हालसम्म २५ जनाई डेंगी संक्रमण भएको स्वास्थ्य शाखाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes