असोज २ गते सार्वजानिक विदा - Pahilo Online

असोज २ गते सार्वजानिक विदा

writer

बाबुराम मुडियारी

मोरङ/ तराईको मोरङ , सुनसरी, झापा , पर्सा, लगायत जिल्लाहरूमा बसोबास रहेको आदिवासी झाँगड (उराँव) समुदायहरूको महान पर्व करम पुजा को अवसरमा कोशी प्रदेश सरकारले करम पूजा पर्वको अवसरमा असोज २ गते बुधबार झाँगड (उराँव) समुदायहरू लाई मात्र कोशी प्रदेश भरी सार्वजानिक विदा दिने निर्णय कोशी प्रदेश सरकारले गरेको छ।

कोशी प्रदेश सरकारको मिति २०८१ भाद्र २८ गते (मन्त्रीपरिषद ) को निर्णय अनुसार महान चार्ड करम पूजाको विदा दिने निर्णय आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश कार्यालय विराटनगर ले एक सूचना प्रकाशित गरी जनाएको छ।

यस पर्वमा कोशी प्रदेश सरकारले केही बर्ष देखि सार्वजानिक विदा दिदै आएको छ। करम पूजा पर्वको कोशी प्रदेश सरकारले सार्वजानिक विदा दिएकोमा झाँगड ( उराँव) समुदायहरू स्वागत गदै देशभरि नै सार्वजानिक विदा दिनुपर्ने माग समेत गरेका छन् ।

करम पूजा पर्वमा झाँगड ( उराँव) , मुडियारी, , खडियारी लगाएत समुदायहरूले यस पर्व मनाउने गरेको पाईन्छ । यस पर्व मा जातिय परम्परा, रितिरिवाज , संस्कार संस्कृति अनुसार विधी पूर्वक पूजाआजा गरी सुख , शान्ति, सु स्वास्थ्य, दिर्घायु , मनोकामना, समृद्धि को कामना सहित यो पर्वामा एक अर्कामा शुभकामन अर्दान प्रदान गरी मनाउने गरेको पाईन्छ ।

यस करम पर्व मा जातिय कला कौशल, गीत, नृत्य, भेषभूषा, बाजागाजा, सहित मौलिक नाचगान गरी सामुहिक रूपमा मनाउने चलन रहिआएको पाईन्छ। नेपालमा झाँगड लेख्ने गरेको उराँव, मुडियारी, खडियारी समुदायहरू लगाएतले लेख्ने गरेको पाईन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes