पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको सुशासन तथा संस्थागत विश्लेषण तालिममा सहभागी कर्मचारी तथा जनप्रतिनिधिहरूलाई प्रमाण–पत्र वितरण गरिएको छ ।
भदौ २५ गतेदेखि सुरु भएको सो तालिम जनप्रतिनिधिका लागि ४ दिन र कर्मचारीका लागि ४ दिन सञ्चालन भएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको प्रमाण–पत्र वितरण कार्यक्रममा उप–प्रमुख देवीमाया काफ्ले, तालिमका प्रमुख प्रशिक्षक चन्द्रकान्त अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शशि राई, सुशासन तथा संस्थागत विकास समितिका संयोजक विजय लिम्बु, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।