शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का अध्यक्ष नविन कार्कीले आफूले प्रयोग गर्दै आएको को. १ ब. १५९० नम्बरको सरकारी मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गर्नुभएको छ ।
आज सवारी साधन नभएर सेवा प्रवाह सहज ढंगले दिन असहज भइरहेको पथरी शनिश्चरे वडा नं. ४ कुशल बजार प्रहरी चौकीलाई अध्यक्ष कार्कीले मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो । सो मोटरसाइकल हस्तान्तरण कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्बापो, उप–प्रमुख देविमाया काफ्ले, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहनविक्रम दाहाल, वडा सदस्य र वडावासीहरुको उपस्थिति रहेको थियो ।