सातौ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप - Pahilo Online

सातौ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप

writer

भुमिप्रसाद पाठक

बेलबारी । मोरङको बेलवारीमा असोज ११गतेदेखि १९ गते सम्म सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप -२०८१ हुने भएको छ। आईतबार बेलवारी नगरपालिकाको सभाहलमा एल एक्स सिटी फुटबल क्लबले एक पत्रकार सम्मेलनमार्फत सो प्रतियोगिता आयोजना गरिएको बताईएको छ ।

गोल्डकप फुटबल प्रतियोगिताको माध्यमबाट देश विदेशमा बेलबारी नगरपालिकालाई चिनाउने र नगरको शान उच्च राख्ने कुरामा आफूले विश्वास लिएको बताउनु हुंदै बेलबारी नगरप्रमुख दिल प्रसाद राईले खेलकुद क्षेत्रमा मोरङ जिल्लाकै दोस्रो ठुलो पुरस्कार राशी भएको प्रतियोगिता बेलबारीमा हुन लागेको दावी गर्नुभयो। उहाँले अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सभ्य र भव्य आयोजनाका साथ प्रतियोगिताको सफलताको कामना गर्नु भयो।

सो प्रतियोगिताको लागि बेलबारी नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिईयो। २ तोला ५०० ग्राम चादि र २ तोला सुन जडित ८ लाख बराबरको ट्रफी जित्न कुनै एक फुटबल क्लबले लगातार ३ वर्ष सो प्रतियोगिताको उपाधी उचाल्नु पर्नेछ। लक्ष्मी मार्ग निवासी पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मज एन. बी. राईको स्मृतिमा यस वर्षदेखि रनिङ कप गोल्डकपको सौजन्य गरेको पोपिराज राईले जनाउनु भयो। उहाँले सोहि सम्मेलनमार्फत नगरप्रमुख दिल प्रसाद राईको उपस्थितिमा खेल आयोजक समितिका अध्यक्ष विक्रम राईलाई ट्रफी हस्तान्तरण गर्नु भएको थियो।

प्रतियोगिताका प्रथम र दोस्रो स्थान हासिल गर्ने फुटबल टिमले क्रमशः ८ लाख र ४ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक एल एक्स सिटी फुटबल क्लब अध्यक्ष विक्रम राईले बताउनुभयो । उहाँले हरेक खेलमा म्यान अफ दि म्याच घोषित खेलाडीलाई ५ हजार नगद दिइने बताउनुभयो ।

प्रतियोगिताको फाइनल खेलमा सर्वोकृष्ट खेलाडी , सर्वोत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्सर, सर्वोत्कृष्ट मिटफिल्डर, सर्वोत्कृष्ट गोलकर्ता, उदयमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने भएको हो।

प्रतियोगितामा ६० लाख आय र ५५ व्याय हुने अनुमान गरिएको छ। प्रतियोगितामा झापा ११ एफसी , एल एक्स सिटी एफसी, भोजपुर डी एफ ए, ब्रिगेड बोइज काठमाडौँ , सलहेश युथ क्लब सिराहा, डल्सिङ पारा एस ए इन्डिया , रारा एफ सी धनकुटा, बुटवल लुम्बिनी एफसी बुटवल, चितलाङ एफसी काठमाडौँ र नेपाल पुलिस क्लब काठमाडौँ सहित कुल १० वटा टिमले सहभागिता जनाउनेछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes