एसियन हाइवे स्तरोन्नति सम्वन्धमा छलफल - Pahilo Online

एसियन हाइवे स्तरोन्नति सम्वन्धमा छलफल

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा एसियन हाइवे (राजमार्ग) स्तरोन्नति सम्वन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
आज नगरपालिकाको सभाहलमा पूर्वपश्चिम राजमार्ग (एसियन हाईवे निर्माण) काँकडभिट्टा लौकही सडक (पश्चिम खण्ड) अन्तर्गत पथरी बजार तथा सो क्षेत्रमा ३३ मिटर सडक निर्माण हुने ड्रइङ्ग डिजाइन रहेकोले यस क्षेत्रको जनघनत्व तथा बजारीकरण अनुसार उक्त ड्रइङ्ग–डिजाइन संशोधन गर्नुपर्ने माग सहित छलफल कार्यक्रम सम्पन्न भएको हो ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो छलफलमा नगरका जनप्रतिनिधिहरु, नगरपालिका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, उद्योग वाणिज्य संघ, विभिन्न सरोकावाला संघ संस्थाहरूका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
उपस्थित सबैको ऐक्यबद्धता सहित सर्वपक्षीय बैठकबाट बुँदागत रुपमा विभिन्न निर्णयहरु अगाडि बढाउने निर्णय गरिएको छ । जसअन्तर्गत पूर्वमा सुनझोडा खोलादेखि पश्चिम मोरङ्गी खोलासम्म फुटपाथ सहित ६ लेनको सडक निर्माण हुनुपर्ने, पथरी बजार खण्डको जाँते मोड, मन्दिर लाइन र सिरिजंगा धार्मिक वन उत्तर फ्लाइओभर निर्माण हुनुपर्ने, जिरिखिम्ती खण्डमा अण्डरपास निर्माण हुनुपर्ने र पथरी बजार क्षेत्रमा फुटपाथ तथा ड्रेन सहितको ५० मिटर सडक निर्माण हुनुपर्ने रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes