कानून निर्माण र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया - Pahilo Online

कानून निर्माण र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकामा स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ ।
आज कोशी प्रदेश सभा सचिवालय विराटनगरको आयोजनामा स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया एवं छलफल कार्यक्रम भएको हो ।
कार्यक्रममा कोशी प्रदेश सभा एवं सचिवालयको वर्तमान संरचना र कार्यसम्पादनको अवस्था बारे प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुली र स्थानीय कानून तर्जुमा कार्यमा सहजीकरण उपसचिव डिल्लीप्रसाद आचार्यले प्रस्तुतिकरण राख्नुभएको थियो । सो पश्चात् पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले नगरको ऐन, नियम, कार्यविधि तथा मापदण्डको विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । प्रमुख राईले प्रस्तुतिकरणको क्रममा नगरबाट हालसम्म ५६ वटा ऐन, नियम, कार्यविधि पारित गरिएको जानकारी गराउनुभयो ।
यसैगरी नगरपालिकाका विधान समिति संयोजक एवं वडा नं. २ का अध्यक्ष नैना राईले नीति, नियम, कार्यविधि निर्माणमा सहज÷असहज र समस्याहरुका बारेमा आफ्ना कुरा राख्नुभएको थियो । यस्तै वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, वडा नं. १ का अध्यक्ष भीम राई, लेखा शाखाका गुणराज थापा, स्वास्थ्यका सिअहेव अधिकृत एकराज खत्री, राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल लगायतले कानून निर्माण र कार्यान्वयनमा समस्याहरुको विषयमा आफ्ना कुरा राख्नुभएको थियो ।
छलफल कार्यक्रममा उठेका समस्याहरुको बारेमा प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुली र उपसचिव डिल्लीप्रसाद आचार्यले सहजीकरण गर्नुभएको थियो ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सभामुख अम्बर बहादुर बिष्ट, उप सभामुख सृजना दनुवार, प्रदेश सभा सदस्य माननीय मानबहादुर लिम्बु, माननीय गिता तिम्सिना, नगर उप–प्रमुख देविमाया काफ्ले, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरु र नगरका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes