पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको तेस्रो अधिवेशनका अवसरमा दुई पत्रकारसहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।
कलमको माध्यमबाट शैक्षिक, समाजिक, सांस्कृतिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराई र रातोकलम डटकमका प्रधान सम्पादक अर्जुन जम्नेली राईलाई प्रसंसा पत्र र दोसल्लाले सम्मान गरेको हो ।
सम्मानित पत्रकार जम्नेली नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय समिति अनुशासन आयोगको प्रमुखसमेत हुन् ।
यसैगरी, प्याब्सन नगर समितिले गत एसइईमा जीपीए—४ ल्याउने सतिश आचार्य, अजय सुब्बा, कक्षा १२ मा नगरलाई सवैभन्दा बढी जीपीए ल्याउने मनिता कार्कीलाई नगदसहित सम्मान गरेको छ । तीनै जना विद्यार्थी रेडस्टार बोर्डिङ स्कुलबाट परीक्षा उतिर्ण गरेका हुन् ।
सो अवसरमा नगरमा लामो समय शिक्षण पेशमा आवद्ध भूपू सैनिक बोर्डिङ स्कुलका लक्ष्मी राना मगर, लामो समय निजी विद्यालयमा कर्मचारीको रुपमा काम गरेका अन्नपूर्ण बोर्डिङ स्कुलका लेखा शाखा प्रमुख रामचन्द्र राणामगरलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तिहरुलाई कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मोहन तुम्बापो, प्याब्सन नगर अध्यक्ष सुरेन्द्र लिम्बू, प्याब्सन प्रदेश अध्यक्ष टिकाराम ढकाल लगायतले सम्मान पत्र र दोसल्ला ओढाएका थिए ।
कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापो, नगर शिक्षा शाखा प्रमुख नवीन खुलाल, प्याब्सन प्रदेश अध्यक्ष टिकाराम ढकाल, पञ्चायत माविका प्रधानाध्यापक समेत रहेका शिक्षक महासंघ नगर समिति अध्यक्ष अर्जुन बुढाथोकी, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नगर सचिव सन्तोष बस्नेतले सञ्चालन गरेको कार्यक्रममा प्याब्सन मोरङ जिल्ला अध्यक्ष प्रेमलाल सिंह सुवाल, प्रदेश समिति सहसचिव नोवलकिशोर खनाल, जिल्ला सल्लाहकार टिकाप्रसाद दंगाल, नगर समिति प्रमुख सल्लाहकार उपेन्द्र कडेल, जेसीज नगर अध्यक्ष राजकुमार तिरुवा लगायतको उपस्थिति रहेको थियो ।
सम्मेलनबाट सन्तोष बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको आयोजक समितिको संयोजक सुरेन्द्र लिम्बूले जानकारी दिए । जसमा समितिको सचिवमा सुजन बाँस्तोला, कोषाध्यक्ष रविन कन्दङवा, सदस्यहरु नरबहादुर कार्की, गिता लिम्बुलगायत रहेका छन् ।