साना किसान कृषी सहकारीको वार्षिक साधारणसभा  - Pahilo Online

साना किसान कृषी सहकारीको वार्षिक साधारणसभा 

writer

बाबुराम मुडियारी

ग्रामथान ।  मोरङको ग्रामथान गाउँ पालिका वडा नं  २ स्थित झोराहाटमा साना किसान कृषि सहकारी संस्था  लिमिटेड  झोराहाटको शनिबार   २६ औं वार्षिक सधारण सभा  सम्पन्न  भएको  थियो। सो सहकारीको वाषिर्क सधारण सभामा  सहकारीका  संञ्चालक समितिका  अध्यक्ष  रूद्र बहादुर कार्कीले  बार्षिक  प्रतिवेदन  २०८१ प्रस्तुत गरेका थिए।

लेखा समितिका सदस्य  सुमित्रा धिमिरेले लेखा प्रतिवेदन २०८१ प्रस्तुत गरेका थिए। सहकारीका प्रबन्धक बासु घिमिरे ले सहकारी को आय व्यय प्रतिवेदन २०८१ प्रस्तुत गरेका थिए। सहकारीले  नाफा १६ लाख ६९ हजार २ सय १०  रूपैयाँ   नाफा गरेको छ । सहकारीमा महिला र पुरूष गरी १३८ समुहमा ५१९ जना सदस्य  रहेको छ।  सहकारी २०४३ साल देखि ५ रूपैयाँ बाट  बचत गर्न सिकाउने पहिलो  सहकारी  संस्था हो।

निम्न वर्गका महिलाहरूलाई २०४३ साल देखि नै ५ हजार ॠण दिएर विभिन्न सिपमुलक तालिम दिएर  व्यवसाय र कारोवार गर्न  सिकाउने सहकारी हो।  हाल सहकारीको शेयरपूँजी ७९लाख ८६ हजार  १ सय  रहेको छ। यस कृषी सहकारीले स्वाबलम्बन कर्जा १०%  ब्याजदरमा  , पशुपालन कर्जा ९% ब्याजदरमा, लघु कर्जा १५ % ब्याजदरमा , तरकारी खेती कर्जा ९% ब्याजदरमा  , लघुवित्त प्रवर्धन कर्जा १३% ब्याजदरमा ॠण लगानी गर्नेगरेको छ।

सहकारी  संस्थाले   बार्षिक साधारणसभामा       कार्यरत सेवानिवृत्त कर्मचारी  शान्ति  सरदार लाई दोसल्ला  ओढाएर  र पुसमा  सेवानिवृत्त  हुनुहुने कार्यरत  प्रबन्धक बासु घिमिरे र वहाँको धर्मपत्नी   सुमित्रा धिमिरे लाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

यस सहकारी ले फाजुल खर्च नगरी  बचत  गर्ने  बानीको विकास गर्ने  र सहकारी  सम्बन्धी  नितिनियम तथा सदस्य हरूको आयआर्जन सम्बन्धी  तलिम  संञ्चालन  गरिरहेको र  संञ्चालन  हुने  लगायतका बारेमा पनि जानकारी गराएको थियो।  सहकारी ले बार्षिक सधारण सभामा  असल ऋणीहरुलाई पनि सम्मान गरेको थियो।

साधारणसभामा प्रमुख अतिथि  कोशी प्रदेश संसद जयप्रकाश चौधरीको प्रमुख आथित्यतामा र स्थानीय  संघ संस्थाका प्रतिनिधिहरूको आथित्यतामा सहकारी संस्थाका प्रबन्धक बासु घिमिरेको संञ्चालनमा तथा सहकारी संस्था संञ्चालक समितिका  अध्यक्ष रूद्र बहादुर कार्की सभापतित्वमा  सम्पन्न भएको थियो।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes