कर्णाली साकोसको अन्तिम माइन्यूट प्रमाणीकरण सभा - Pahilo Online

कर्णाली साकोसको अन्तिम माइन्यूट प्रमाणीकरण सभा

writer

बाबुराम मुडियारी

मोरङ / झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २४ औं बार्षिक साधारणसभाको अवसरमा माइन्यूट लेखन तथा प्रमाणीकरण सभा सम्पन्न गरेको छ ।

कोशी प्रदेशका भौतिक, पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीले प्रमाणिकरण सभाको उद्घाटन शुक्रबार गर्नुभएको थियो । उनले केही सहकारीको गलत गतिविधिका कारण आम सहकारी संस्थाहरुलाई चोट पुगेको बताउनुभयो । उनले सहकारीहरुले काम गराईको विश्वासिलो वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

संस्थाका अध्यक्ष टसबहादुर प्रधानले २४ औँ अन्तिम माइन्युट प्रमाणीकरण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८० / ०८१ को असार मसान्तसम्म ५६ हजार ४०९ जना शेयर सदस्य, २ अर्ब ७८ करोड ८३ लाख ९४ हजार ११० रुपैयाँ निक्षेप बचत, ३ अर्ब ७६ करोड ८० लाख ४८ हजार १५६ रुपैयाँ ऋण लगानीमा रहेको छ ।

२४ औं बार्षिक साधारणसभासम्म आइपुग्दा संस्थाको चुक्ता शेयर पुँजी ५१ करोड ९३ लाख ७५ हजार ७०० रुपैयाँ पुगेको अध्यक्ष टसबहादुर प्रधानले कार्यक्रममा प्रस्तुत गरेको प्रतिवेदनमा छ । संस्थाको कोषमा ५४ करोड ७७ लाख ६१ हजार ६१६ रुपैयाँ रहेको, जसमध्ये १७ करोड २४ लाख ९० हजार २२९ रुपैयाँ आवश्यक परेको समयमा निकाल्न सकिने र ३७ करोड ५२ लाख ७१ हजार ३७८ रुपैयाँ संस्थामा मौज्दात रहने अध्यक्ष प्रधानको प्रतिवेदनमा उल्लेख छ ।

झापा, मोरङ र इलाम गरी तीन जिल्लाका २६ पालिकामा कार्यक्षेत्र रहेको कर्णालीले स्वीकृति भएको ४६ सेवाकेन्द्रमध्ये ४१ वटा सेवाकेन्द्रबाट सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । कर्णालीले आफ्ना ४१ वटा सेवाकेन्द्रहरुलाई ७ वटा इकाइमा विभाजन गरी गत कात्तिक २५ गतेदेखि इकाइगत साधारणसभा गरेको थियो । सोही कार्यक्रमकाबिच साकोसका लक्ष्मीपुर सेवाकेन्द्रका मृतक सदस्यको परिवारलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

मृतक नारायणप्रसाद यादवकी हकवाला श्रीमती ज्योती यादवलाई छोरा लक्ष्मी यादवमार्फत उक्त चेक हस्तान्तरण गरिएको थियो । संस्थाले यसअघि पनि यादवले लिएको ऋण मिनाहलगायत गरेर यो २ लाखसहित ५ लाख १३ हजार ९७२ रुपैयाँ प्रदान गरेको सचिव भूपाल बस्नेतले जानकारी दिनुभयो ।

संस्थाका उपाध्यक्ष रामकुमार गौतमले स्वागत गरेको कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, झापा जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव बस्नेतले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes