पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा सञ्चालित ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’को उद्घाटन गरिएको छ ।
आज वडा नं. ४ मा सम्भावित लघु उद्यमीहरुका लागि ८ दिने उद्यमशिलता विकास तालिमको उद्घाटन गरिएको हो ।
सो उद्घाटन कार्यक्रमको अध्यक्षता वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण)को रहेको थियो ।
यसैगरी कार्यक्रममा कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, वडा सदस्यहरु शान्ता लिम्बु, मिना विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । सो ८ दिने तालिमको प्रशिक्षक अरुण राई रहनुभएको छ ।