‘सामुदायिक वनको विकासको निमित्त स्थानीय सरकार बाधक होइन’– वडाध्यक्ष राई - Pahilo Online

‘सामुदायिक वनको विकासको निमित्त स्थानीय सरकार बाधक होइन’– वडाध्यक्ष राई

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिका वडा नं. १ का अध्यक्ष भीमकुमार राईले सामुदायिक वनहरूको विकासको निमित्त स्थानीय सरकार बाधक नभएको बताउनुभएको छ ।
आज वडा नं. १ मा स्थापित मनकामना सामुदायिक वन उपभोक्ता समूहको १६ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष राईले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो–‘सामुदायिक वनहरुको विकासको निमित्त स्थानीय सरकार बाधक कदापि होइन, नीति नियमसंगत सञ्चालित वनहरुलाई स्थानीय सरकारले सधैं सहयोग गर्दै आइरहेको छ ।’ यस्तै उहाँले वडाले सो वनलाई खुल्ला व्ययमशाला समेत निर्माण गरिदिएको बताउनुभयो ।
साधारणसभामा वृद्ध वृद्धा उपभोक्ताहरुलाई सम्मान, उपभोक्ताका उत्कृष्ट विद्यार्थीद्वयलाई सम्मान, असक्त उपभोक्ताहरुलाई सम्मान गरिएको थियो ।
वनका अध्यक्ष उदयकुमार राई (दिनेश)को अध्यक्षतामा भएको साधारणसभामा सव डिभिजन वन कार्यालय पथरीका प्रमुख त्रिभुवन साह, सामुदायिक वन उपभोक्ता प्रदेश महासंघ मोरङका महासचिव रेनुका दाहाल, सामुदायिक वन उपभोक्ता जिल्ला महासंघका कार्यवाहक अध्यक्ष मदन पोख्रेल, सामुदायिक वन उपभोक्ता नगर महासंघका अध्यक्ष मैनादेवी फुयल (आचार्य), सुनाखरी माविका वि.व्य.स. अध्यक्ष प्रदिप कुमार राईले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes