शनिश्चरे खानेपानीको ८औं वार्षिक साधारणसभा सम्पन्न - Pahilo Online

शनिश्चरे खानेपानीको ८औं वार्षिक साधारणसभा सम्पन्न

writer

पहिलो अनलाइन

शनिश्चरे । शनिश्चरे खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज (मंगलबार) पथरीशनिश्चरे–४ स्थित संस्थाको कार्यालय परिसरमा कार्यक्रम गरिएको हो ।

सो पथरीशनिश्चरे वडा नं. ८ का अध्यक्ष नविन कार्कीले पिउने पानी सबैको अधिकार भएको बताउँदै उनले वडाका विपन्न वर्गलाई धारा जडान शुल्कमा सहयोग गर्ने बताए । वडाध्यक्ष कार्कीले खानेपानीसँगै सरसफाई समेत आवश्यक रहेको बताए । ‘सरकारको ‘एक घर, एक धारा’ खानेपानी बनाउने नीतिअनुसार सबैका घर–घरमा शुद्ध, सफा र स्वच्छ खानेपानी पु¥याउन ल्याइएको यस योजनाले स्थानीयलाई ठूलो राहत हुने छ’– उनले भने ।


कार्यक्रममा पथरीशनिश्चरे वडा नं. ४ का अध्यक्ष लोकनाथ न्यौपानेले शनिश्चरे खानेपानी आयोजना सम्पन्न भएपछि वर्षाैँदेखि खानेपानीको आशामा रहेका यहाँका स्थानीयले सफा, शुद्ध खानेपानी उपभोग गर्न पाउने विश्वास व्यक्त गरे । ‘शुद्ध पिउने पानी उपभोग गर्ने स्थानीयको वर्षौँदेखिको सपना पूरा हुँदैछ’– उनले भने ।

साधारणसभामा संस्थाका अध्यक्ष ऋषीराज पौडेलले अध्यक्षको प्रतिवेदन, सचिव मिनबहादुर ठकुरीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष मञ्जु फुयलले आर्थिक प्रतिवेदन, लेखा समिति सदस्य कुलप्रसाद न्यौपानेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष पौडेलले पानीलाई शुद्धिकरण गरी वितरण गर्नुपर्ने देखिएकाले खानेपानी डिभिजन कार्यालयबाट फिल्टरको लागि सूचना प्रकाशित भइसकेकोले आगामी फागुन चैतसम्ममा फिल्टर जडान गरी शुद्ध पानी वितरण गरीने बताए । हालसम्म ७ सय धारा जडान भएको र धारा जोड्ने कार्य निरन्तर भइरहेको समेत अध्यक्ष पौडेलले जानकारी दिए ।

संस्थाले गत आर्थिक वर्षमा १ करोड ४० लाख ३९ हजार ३०१ रुपैयाँ आम्दानी गरेको उक्त खानेपानीको शुद्ध बचत ५० लाख ९९ हजार ५७६ रुपैयाँ रहेको प्रतिवेदनमा प्रस्तुत गरीएको छ ।

संस्थाका अध्यक्ष ऋषीराम पौड्यालको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचिव मिनबहादुर ठकुरीले सञ्चालन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes